राहदानीको विद्युतीय प्रणालीमा समस्या

डिसी नेपाल
७ मंसिर २०८१ २२:४१

काठमाडौँ । राहदानीको विद्युतीय प्रणालीमा समस्या आएको छ । राहदानी विभागले प्रणालीमा आएको समस्याका कारण विद्युतीय राहदानी सेवा सुचारू गर्न नसकिएको शुक्रबार जानकारी गराएको हो ।

विभागका शाखा अधिकृत किरणकुमार गुरूङले उक्त समस्यालाई प्राविधिक समूहबाट समाधानका कार्य भइरहेको जानकारी दिए ।

विभागले आज सार्वजनिक सूचना जारी गर्दै भनेको छ, “यही मङ्सिर ६ गतेदेखि समस्या आएको र यसको पूर्ण समाधानका सम्बन्धमा प्रारम्भिक निष्कर्ष मङ्सिर ९ गतेसम्ममा थप जानकारी गराउन सकिने बेहोरा अनुरोध छ ।”

विद्युतीय प्रणालीमा आएको समस्या समाधान गरी मङ्सिर १० गतेसम्ममा राहदानीको सेवा पूर्णरूपमा सुचारू गराउन प्रयासरत रहेको विभागले जानकारी गराएको छ ।

विभागले उक्त समस्याबारे ६६ वटै जिल्ला प्रशासन कार्यालय तथा १७ वटै इलाका प्रशासन कार्यालयलाई समेत जानकारी पठाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *