काठमाडौंका केही स्थानमा आज पाँचदेखि सात घण्टा विद्युत अवरुद्ध हुने

डिसी नेपाल
८ मंसिर २०८१ ९:४८

काठमाडौं । काठमाडौंका केही स्थानमा आज पाँचदेखि सात घण्टासम्म विद्युत् अवरुद्ध हुने भएको छ।

नेपाल विद्युत् प्राधिकरणका अनुसार रत्नपार्क वितरण केन्द्रको न्यूरोड फिडर, महाबौद्ध फिडर र कालीमाटी फिडरअन्तर्गत विभिन्न स्थानमा बिहानदेखि अपराह्नसम्म विद्युत् अवरुद्ध हुने भएको हो।

न्यूरोड फिडरअन्तर्गत पर्ने संकटा, न्युरोड गेट, पिपल बोट, गोरखा पत्र संस्थान, भूगोल पार्क, दमकल गेट, वसन्तपुर डवली, झोसे, ओमबहाल, हनुमानढोका लगायतका क्षेत्रमा बिहान साढे आठ बजेदेखि दिउँसो ३ बजेसम्म विद्युत अवरुद्ध हुनेछ।

महाबौद्ध फिडरअन्तर्गत पर्ने महाबौद्ध सवस्टेशन भित्र, न्युरोड गेट, रन्जना हल, विशालबजार सव स्टेशनभित्र, विशाल बजार अगाडि, गणेश स्थान ट्रमा हस्पिटल पछाडि केबुल हेडसम्म बिहान साढे ८ बजेदेखि दिउँसो ३ बजेसम्म विद्युत् अवरूद्ध हुनेछ।

कालीमाटी फिडर अन्तर्गत पर्ने टेकु नेशनल ट्रेडिङ्ग हुँदै हनुमन्त भिमसेन स्थान, परोपकार, रामघाट, शान्ति निकेतन स्कुल, मरुहिटी, ढोकाटोल, नरदेवी हस्पिटल अगाडि, टंगाल, भुरुङ्गखेल क्षेत्रमा पनि बिहान ८ बजेदेखि दिउँसो २ बजेसम्म विद्युत प्राधिकरणले जनाएको छ।

ती क्षेत्रमा बाङ्गो पोल सिधा गर्ने र जीर्ण भएका पोल तथा ट्रान्सफर्मर फेर्नका लागि फिडर सटडाउनमा राखिने प्राधिकरणले जानकारी दिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *