शक्तिशाली छिमेकी राष्ट्र चीनबाट मित्रताको लाभ लिने कि दुश्मनी मोल्ने ?

पूर्ण ओली
९ मंसिर २०८१ १०:५८

अहिले ठूला दलले देश हितमा कुनै काम नगरेको र देश भ्रष्टचारमा चुर्लुम्म डुबेको कारणले जनता सरकारप्रति निकै आक्रोशित छन्। ब्यापारी तथा नेताहरुले देशको पैसा बिदेशमा लगेर राखेका छन् भन्ने निकै हल्लापनि चलेको छ। यही बेलामा देशको प्रधानमन्त्रीलाई बिदेशमा पैसा राखेको आक्षेप अत्यन्त गम्भिर रुपमा उठाइएको छ।

यसभन्दा अघि पनि नेपालका ठूला दलका मुख्य नेताहरुले बिभिन्न कमिसनबाट उठाइएको रकम स्वदेशमा लुकाउन नसकेर बिदेशी बैंकमा राखेको छ भनेर जनताको तहमा समेत हल्ला पुगिसकेको थियो। त्यही बिषयलाई अभियन्ता दुर्गा प्रसाईंले खुलारुपमा उद्घोष गरेर प्रमाणसहित देखाए।

तर यसलाई पुष्टि गर्न कम्बोडिया सरकारबाट प्रमाण नआइकन यसैको मात्र आधारमा प्रधानमन्त्रीलाई दोष लगाउन सकिँदैन। तर यसलाई त्यसै लुकाएर पनि राख्न नसकिने भएको छ। दोष लाउने अभियानकर्तालाई भने तुरुन्त पक्राउ गरी प्रहरी हिरासतमा राखिएको छ।

जसको आफ्नो अभियानको कार्यक्रम काठमाडौंमा जनसभा गर्न भन्दा केही दिन अघिमात्र उनी थुनुवामा परेकाले त्यही आमसभालाई रोक्न पनि उनलाई तुरुन्त साइबर अपराधमा राखी थुनिएको हुनसक्छ।

त्यही दिन एमालेको जनजागरण अभियान भनी प्रधानमन्त्री स्वयंले भाषण गरि जनतालाई स्पष्टीकरण दिन खोजेको देखिन्छ। तर यसबाट सर्बसाधरण जनता आश्वस्त हुन सक्तैनन्। किनकि जनताको बिश्वास अहिले दुर्गा प्रसाईंप्रति निकै बढेको छ। किनकि उनले निम्नस्तरका जनताका पीर मर्कालाई उजगार गर्दै आन्दोलन गरिरहेका छन्।

यदि सरकारले जनताका पीडालाई महसुस गरि लघुबित्त, मिटरब्याजी पीडित तथा सहकारी पीडितलाई क्षतिपूर्ति दिनेतर्फ कार्यक«म अघि बढाउन सकेको भए या कृषकको उत्पादन बढाउने र त्यसलाई बजारीकरण गर्नेतर्फ विस्तृत योजनासहित कार्यन्वयन गरिदिएको भए गरिब जनताको सरकारप्रतिको बिश्वास बढ्ने थियो।

यदि नेपााली नेताको होश समयमा खुलेन भने हामीले अत्यन्त शक्तिशाली मित्रराष्ट्र चीनको सहयोगलाई गुमाउनु पर्नेछ। चीन अहिले संसारको धनी राष्ट्र बनेको छ। महाशक्ति राष्ट्रको नम्बर एक बन्ने तरखरमा छ। बिगतमा चीनले गरेका सहयोग निस्वार्थ भावले नेपालको हितमा गरिएका थिए।

नत सरकारले संबिधान संशोधन गरेर जनताका चाहनाअनुसार देशले धान्न नसक्ने साधरण खर्च घटाउन संघीयताबाट प्रदेश संरचना हटाएको भए या नेपालमा परम्परागतको सनातन वैदिक धर्मलाई स्वीकार गर्दै धर्म निरपेक्ष हटाएको भए या समानुपातिकको नाममा नेताका खल्तीका मानिसलाई सांसद बनाएर देशको बजेट सिध्याउने र सरकारको अस्थिरता बढाउने कार्य रोकेको भए जनता केही आस्वस्त भएर सरकारका हरेक काम कारवाहीलाई समर्थन गर्ने थिए।

जनहितमा कुनै ठोस कार्य नगरी प्रधानमन्त्री छिमेकी मित्रराष्ट्र चीनको भ्रमणमा जाँदै हुनुहुन्छ। अन्तिम समयसम्म चीनमा आफूले के के बिषयमा सम्झौता गर्नेसम्म पनि सत्ताधारीको एकै मत हुन नसक्नु लज्जास्पद बिषय बनेको छ।

लामो समयदेखि सम्झौता गरिएको बिआरआई जुन संसारका १३८ देशले चीनसँग सम्झौता गरी बिकासका कार्यकmम अघि बढाइसकेका छन्। हामीले भने अहिलेसम्म यी महत्वपूर्ण योजनाहरु चीनमार्फत बनाउन चाहन्छौं जुन अनुदान ऋण जसरी हुन्छ सुरु गर्छौं सम्म पनि भन्न नसक्नु हाम्रा नेताहरु देश हितमा भन्दा अन्य देशको इशारामा चलेका छन् भनि शंका हुन्छ।

नेपाली कांग्रेसको प्राथमिकतामा भारत र अमेरिका पर्छन् तर चीन पर्दैन। त्यस्तै गरेर अहिले कम्युनिष्ट भनिएका दल पनि भारत र अमेरिकालाई खुसी पार्नैमा लागेकाले हाम्रो बिशाल छिमेकी देश चीनले नेपाललाई दिन चाहेर पनि गर्न चाहेर पनि सहयोग गर्न हिचकिचाई रहेको छ।

यदि नेपााली नेताको होश समयमा खुलेन भने हामीले अत्यन्त शक्तिशाली मित्रराष्ट्र चीनको सहयोगलाई गुमाउनु पर्नेछ। चीन अहिले संसारको धनी राष्ट्र बनेको छ। महाशक्ति राष्ट्रको नम्बर एक बन्ने तरखरमा छ। बिगतमा चीनले गरेका सहयोग निस्वार्थ भावले नेपालको हितमा गरिएका थिए।

ती सबै उद्योगलाई नेपाली कांग्रेसका सरकारले सबै लिलाम गरी सबैलाई बन्द गरायो। त्यसपछि पनि चीन सरकारले सहयोग यथावत राखेको छ। तर हाम्रा नेताहरु पश्चिमा देश र भारतको डरले देशको हितमा बोल्न र केही गर्न सक्तैनन्। यसको परीणाम अहिले नेपालका नदी नाला सबै भारतको नियन्त्रणमा परिसकेका छन्।

हामीले चीनसँगको कुटनीति सम्बन्ध सौहाद्र पूर्ण बनाउँदै बिआरआईलाई कार्यन्वयन गर्ने सम्झौता शिघ्र गरिनु पर्छ। यसपालि प्रधानमन्त्री केपी ओलीको चीन भ्रमणमा बिआरआईलाई कार्यन्वयन गरी राष्ट्रहितका केही राम्रा योजना र पोखरा एयरपोर्टको निर्माण खर्चलाई अनुदानमा परिणत गर्न प्रयास गरियोस्।

अन्य योजना पनि भरसक अनुदान नभए न्युन ब्याजमा राखेर ठोस योजना बनाइ चीनको सहयोग लिइयोस्। यस्ता महत्वपूर्ण देश हितका कार्यमा कांग्रेसको समेत सहयोग अवश्य हुनुपर्छ। यदि कांग्रेसले बाधा बिरोध हालेपनि सरकार ढल्ला भन्ने कुनैपनि डर नलिइ कार्यन्वयन गर्ने हिम्मत प्रधानमन्त्रीले गर्नुपर्छ।

यसबाट देशको मात्र हित हुने होइन एमालेको पनि अवश्य हित हुनेछ। अहिलेपनि बिआरआई कार्यन्वयन नगरिँदा नेपाल र चीनसँगको मित्रता पनि पहिलाजस्तो राम्रो नरहेको र नेताहरु पनि पश्चिमामुखी भएकोले देशले भविष्यमा पनि चीनबाट कुनै सहयोग नपाउन सक्छौं।

यदि हामी संसारको शक्तिशाली देश चीन जुन हाम्रो अत्यन्त नजिकको मित्र राष्ट्र भएकोले उसँगको असल सम्बन्धले हामीलाई धेरै फाइदा हुनसक्छ भने दुश्मनीले हामीलाई अत्यन्त डरलाग्दो परिणाम आउन सक्छ। चीनको सकरात्मक सहयोगले नेपाललाई भूमरीबाट बचाउन सक्छ।

हामीले चीनबाट हाम्रो उत्तर पश्चिमको भारतसँगको सिमाना बिवादमा चीनलाई जानकारी गराइ सहयोग लिन सक्छौं। खासगरी कालापानी क्षेत्रको लिम्पीयाधुराको सिमाना बिन्दु नेपाल चीन र भारतको सयुक्त सीमा टोली बनाएर एकिन गर्ने बातावरण बनाउन आबश्यक छ।

अहिलेको बुढा नेता मध्ये जनताले बढी बिश्वास गरेका हिम्मतिला प्रधानमन्त्री केपी ओली नै हुन्। तर पछिल्लो अबस्थामा प्रधानमन्त्री केपी ओलीको छविमा निकै ह्रास आइसकेको छ। यसलाई सुधार्न पनि चीनबाट नेपालले केही गतिला सहयोग ल्याउन सकौं।

त्यसपछि जनताले पनि केही न केही बिश्वास गर्न सक्छन्। अन्यथा जनताले अहिलेका नेतालाई पन्छाएर भएपनि राष्ट्रप्रेमी, इमान्दार, सक्षम युवाहरुले संबिधान बदलेर भएपनि सुशासनसहितको सरकार चलाउन अत्यन्त आबश्यक भइसकेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *