भिडियो अन्तर्वार्ता

कमल थापा भन्छन्-राजाप्रति गरेको टिप्पणी अब बिर्सिन चाहन्छु

डिसी नेपाल
१० मंसिर २०८१ ७:५०

काठमाडौं। राप्रपाका नेपालका अध्यक्ष कमल थापाले राप्रपाको महाधिवेशनमा आफू पराजित भएपछि पूर्व राजाका विषयमा गरेको टिप्पणी बिर्सिन चाहेको बताएका छन्।

उनले आफूले २०६२/लाई षड्यन्त्रपूर्वक व्यवहार भएको उल्लेख गर्दै थापाले तर आफूले सो विषय अब बिर्सिन चाहेको बताएका हुन्।

डिसी नेपालको प्रस्तुती ‘द बृज टक’ मा पत्रकार अर्जुन दाहालसँग कुरा गर्दै अध्यक्ष थापाले विगतमा आफूले पूर्वराजाप्रति गरेको टिप्पणी बिर्सिन चाहेको बताएका हुन्।

उनले आफूले २०६२/६३ को विषम परिस्थितिमा आफूले ज्यानको बाजी राखेर अभियान चलाएको तर त्यसको विपरित राप्रपाको महाधिवेशनमा आफूलाई षड्यन्त्रपूर्ण रुपमा व्यवहार भएको गुनासो गरे।

‘२०६२/मा मैले राप्रपा नेपाल पार्टी गठन गरेर राजसंस्था र हिन्दु राज्यका पक्षमा अभियान चलाउनु सामान्य विषय होइन,’ उनले भने, ‘तर एकता महाधिवेशनमा यी सबै कुरा बिर्सिएर राप्रपाको एकता महाधिवेशनमा आफूमाथि षड्यन्त्रपूर्ण व्यवहार भएपछि केही प्रतिक्रिया मैले दिएको हो। अब अहिले ती कुरा म बिर्सिन चाहन्छु।’

थापाले त्यो बेला आफूले पार्टी नफुटाएको बरु बिरक्तिएर अलग मात्रै भएको दाबी गरे।

‘मैले राप्रपाको महाधिवेशनमा पराजित भएर पार्टी फुटाएको होइन। मैले गीताको कमस खाएर पार्टी फुटाउँदिन भनेको थिएँ। पशुपति समशेर र प्रकाशचन्द्र लोहनीले पार्टी नफुटाउन् भनेर गीताको कमस खाएको थिएँ, तर पार्टी फुटाएको आरोप मलाई नै लाग्यो,’ थापाले भने, ‘मैले चाहेको भए केन्द्रदेखि वडासम्म पार्टी विभाजित गर्न सक्थेँ। मेरो सानो आग्रह पूरा नगरिदिएपछि म पार्टीबाट अलग मात्रै भएको हुँ। पछि साथीहरुले तपाईं निष्किृय बस्न पाउनुहुन्न भनेपछि हामीले राप्रपा नेपाललाई ब्यूँताएको मात्रै हो।’

राप्रपा नेपाल गठन गरेपछि एकवर्ष जति राजसंस्थाको विषयलाई पार्टीको एजेण्डा बनाउन स्थगित मात्रै गरिएको बताउँदै अध्यक्ष थापाले पछि नेपालको आवश्यकता र भूराजनीतिक अवस्थालाई सम्मान गर्दै राजसंस्था पुर्नस्थापनाको एजेण्डालाई अगाडि बढाएको उल्लेख गरे। उनले बैचारिक रुपमा राप्रपा र राप्रपा नेपालबीच धेरै भिन्नता नभएको उल्लेख गर्दै यी दुई दलबीच एकता हुनुपर्नेमा जोड दिए। ‘मुलभूत रुपमा हामी एक भइसकेका छौं। हामी आग्रह र पूर्वाग्रहबाट माथि उठ्नुपर्छ। म अध्यक्ष पद त्याग गर्न पनि तयार छु। सल्लाह भएको भए म त्यो बेला नै अध्यक्ष पद छोड्न तयार हुन्थें। अहिले पनि म राजेन्द्र लिङदेनलाई अध्यक्ष मान्न तयार छु। नेपालमा राजतन्त्र र हिन्दु राज्य स्थापना मेरो ध्येय हो। म एकताको लागि उत्सुक र तयार छु,’ उनले भने।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *