प्रधानमन्त्रीले धरहराबाट एनपीएलको ट्रफी सार्वजनिक गर्ने

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को ट्रफी आज सार्वजनिक सोमबार हुँदैछ ।
नेपाल क्रिकेट संघ (क्यान)का अनुसार अब केही बेरमा प्रधानमन्त्री केपी शर्मा ओलीले एनपीएल ट्रफी सार्वजनिक गर्न लागेका हुन् ।
क्यानका अनुसार सोमबार बिहान साढे ८ बजे सिद्धार्थ बैंक एनपीएल ट्रफी धरहराबाट सार्वजनिक हुन लागेको हो ।
ट्रफी सार्वजनिक समारोहमा प्रधानमन्त्री ओली, क्यानका पदाधिकारीसहित विशिष्ट व्यक्तिहरुको उपस्थिति रहनेछ ।
प्रतिक्रिया
Facebook Comment