बोर्डर-गावस्कर सिरिजको पहिलो टेस्टमा अस्ट्रेलियाविरुद्ध भारत विजयी
काठमाडौं । बोर्डर–गावस्कर सिरिजको पहिलो टेष्टमा भारतीय क्रिकेट टोलीले अस्ट्रेलियालाई पराजित गरेको छ ।
पर्थमा भएको खेलको पहिलो इनिङ्समा भारतले १ सय ५० रन बनाएको थियो । जवाफमा अस्ट्रेलियाले १ सय ४ रन मात्रै बनाउन सकेको थियो ।
भारतले ४८७ रन बनाएर दोस्रो इनिङ्स घोषणा गरेको थियो । यसपछि ५३४ रनको लक्ष्य पछ्याउन आएको अष्ट्रेलियाको टोलीले २३८ रन मात्रै बनाउन सकेको थियो । भारत २९५ रनले विजयी भयो ।
अष्ट्रेलियाको दोस्रो इनिङ्समा भारतीय कप्तान जसप्रित बुमराह र मोहम्मद सिराजले तीन–तीन विकेट लिए । उनीहरूलाई वासिङ्टन सुन्दर र नितिश कुमार रेड्डीले राम्रो साथ दिए ।
अष्ट्रेलियाका लागि ट्राभिस हेडले सर्वाधिक ८९ रनको पारी खेले । त्यस्तै मिचेल मार्सले ४७ रन बनाए ।
भारतका लागि दोस्रो इनिङ्समा यशस्वी जैसवालले १६१ रन, विराट कोहलीले १०० (नटआउट) र केएल राहुलले ७७ रन बनाए ।
Facebook Comment