स्पोर्टिंगमाथि आर्सनलको फराकिलो जित

काठमाडौं । प्रिमियर लिग क्लब आर्सनलले युइएफए च्याम्पियन्स लिग अन्तर्गतको खेलमा पोर्चुगलको क्लब स्पोर्टिंगलाई फराकिलो अन्तरले पराजित गरेको छ।
गएराती सम्पन्न खेलमा आर्सनलले स्पोर्टिंग सिपीलाई ५-१ गोल अन्तरले पराजित गरेको हो।
आर्सनलको जितमा गार्बियल मार्टिनेली, काइ हाभेर्ट, गाब्रियल मागालहाएज, बुकायो साका र लीन्द्रो ट्रोसार्डले एक एक गोल गरेका थिए। त्यस्तै स्पोर्टिंगका लागि एक गोल गोन्कालो इनासियोले गरेका थिए।
यो जितपछि आर्सनलको ५ खेलमा १० अंक भएको छ र लिगमा सातौं स्थानमा उक्लिएको छ। त्यस्तै स्पोर्टिंगको ५ खेलमा १० अंक नै छ र लिगमा आठौ स्थानमा रहेको छ।
प्रतिक्रिया
Facebook Comment