सोल्टी होटलको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

डिसी नेपाल
१२ मंसिर २०८१ ८:२३

काठमाडौं। सोल्टी होटलको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ ।

सोल्टीले गत वर्षको नाफाबाट लगानीकर्तालाई १० प्रतिशत बोनस सेयर र कर सहित २६.८४ प्रतिशत नगद (कुल ३६.८४ प्रतिशत) लाभांश वितरण गर्दैछ । उक्त प्रस्ताव पारित गर्न कम्पनीले पुस ४ गते साधारण सभा बोलाएको छ ।

सभा, नेपाल प्रज्ञा भवन, कमलादी काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ । यस कम्पनीले सभा प्रयोजनार्थ मंसिर १३ गते बुक क्लोज गर्दैछ । तसर्थ, आज मंसिर १२ गतेसम्म कायम रहने सेयरधनी मात्र सभामा भाग लिन र लाभांश पाउन योग्य हुनेछन् ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *