एलआइसी नेपालको हकप्रद सेयरमा आजबाट आवेदन दिन मिल्ने
काठमाडौं। लाइफ इन्स्योरेन्स कर्पोरेसन ९एलआइसी० नेपालको हकप्रद सेयरमा बुधबार (आज) देखि आवेदन दिन सकिनेछ । एलआइसीको ८८.४५ प्रतिशत हकप्रद सेयरमा आजदेखी आवेदन दिन सकिने कम्पनिले जानकारी गराएको हो ।
उक्त हकप्रद सेयरका लागि एलआइसी नेपालले कात्तिक ९ गते बुक क्लोज गरिसकेको छ । तसर्थ, कात्तिक ८ गतेसम्म कायम रहेका लगानीकर्ताले हकप्रद सेयर दाबी गर्न पाउनेछन् । यो हकप्रद सेयरमा लगानीकर्ताले पुस २ गतेसम्म आवेदन दिन सक्नेछन् ।
कम्पनीले १ः०.८८४५ अनुपातमा २ करोड ३४ लाख ६८ हजार कित्ता हकप्रद सेयर जारी गरेको हो । यसले १ सय अंकित मूल्यमा २ अब ३४ करोड ६८ लाख रुपैयाँ बराबरको हकप्रद सेयर निष्कासन गरेको छ ।
यसमा नेपाल एसबीआई मर्चेन्ट बैंकिङले बिक्री प्रबन्धकको काम गरेको छ । यस हकप्रदमा बिक्री प्रबन्धक एसबीआई मर्चेन्ट बैंकिङ र लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआइसी) नेपालको स्टार मल, पुतलीसडक काठमाडौं तथा देशभरका देशभरका सम्पूर्ण शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ ।
यसका साथै धितोपत्र बोर्डबाट आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सकिनेछ। हाल यस कम्पनीको चुक्ता पुँजी २ अर्ब ६५ करोड ३२ लाख रुपैयाँ रहेको छ । हकप्रद सेयर जारी भएपछि यस कम्पनीको चुक्ता पुँजी ५ अर्ब रुपैयाँ पुग्नेछ ।
Facebook Comment