बाँसझ्याङमा सात क्विन्टल लसुन भेटियो

भद्रपुर (झापा)। मेचीनगर नगरपालि–६बाट स्थानीय प्रशासनले सात क्विन्टल लसुन बरामद गरेको छ । बाँसझ्याङमा लुकाएको रु तीन लाख पचास हजार बराबरको उक्त परिमाणको लसुन गएराति बरामद गरिएको हो । बरामद लसुन मेची भन्सार कार्यालय पठाइएको छ ।
सवारी दुर्घटनामा मृत्यु
पूर्व– पश्चिम राजमार्गअन्तर्गत शिवसताक्षी नगरपालिका– १ कमल पुलमा गएराति भएको सवारी दुर्घटनाका घाइतेको उपचारका क्रममा आज बिहान मृत्यु भएको छ ।
दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक ४० वर्षीय ललित बहादुर थापाको मृत्युभएको हो । निजलाई विपरीत दिशाबाट आएको जिपले ठक्कर दिएको थियो । जिप र त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रतिक्रिया
Facebook Comment