क्षतिपूर्ति नपाएको सौर्य एयरलाइन्स विमान दुर्घटनाका पीडितको गुनासो, गुहारे संसदीय समिति

डिसी नेपाल
१२ मंसिर २०८१ १४:०५

काठमाडौं । गत साउन ९ गते भएको सौर्य एयरलाइन्स विमान दुर्घटनामा ज्यान गुमाए परिवारले क्षतिपूर्ति नपाएको भन्दै संसदीय समिति गुहारेका छन्।

विमान दुर्घटनामा छोरी प्रिजा खतिवडा, ज्वाई मनुराज शर्मा र नाति अधिराज शर्मा अर्याललाई गुमाएका सप्तरीको कञ्चनरूप नगरपालिका-७ का प्रकाशकुमार खतिवडाले न्यायका लागि अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिमा ध्यानाकर्षण पत्र बुझाएका हुन् ।

दुर्घटनाको चार महिना बितिसक्दा न्याय पाउन नसकेको गुनासो उनले समिति सभापति राजकिशोर यादवसँग गरेका छन्।

दुर्घटना भएको चार महिनासम्म पनि सौर्य एयरलाइन्स, नागरिक उड्डयन प्राधिकरण र प्रभु इन्सुरेन्सले पीडित परिवारको निवेदनको उचित सुनुवाइ नगरेको उनले भनाइ छ।

उनले जहाज दुर्घटनाको दोषीहरूलाई कानुनी कारबाही गरिनुपर्ने, मृतकका परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउने व्यवस्था गरिनुपर्ने र निष्पक्ष आयोग गठनगरी घटनाको पुनः अनुसन्धान गरिनुपर्ने माग गरेका छन्। दुर्घटनामा १८ जनाको मृत्यु भएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *