युक्रेनले रुसमाथि अमेरिकी मिसाइल प्रहार गर्यो, वायु रक्षा प्रणाली ध्वस्त
काठमाडौं । रुसले पहिलो पटक युक्रेनले गरेको अमेरिकी क्षेप्यास्त्र आक्रमणबाट आफ्नो वायु रक्षा प्रणाली बेसमा क्षति पुगेको स्वीकार गरेको छ । यसका साथै कुर्स्क क्षेत्रमा रहेको सैन्य आधारमा पनि क्षति पुगेको छ ।
अमेरिकाको प्याट्रियट डिफेन्स सिस्टम जस्तै क्षमता भएको एस-४०० वायु रक्षा प्रणालीलाई लक्षित गरिएको छ। हालै अमेरिकाले युक्रेनलाई रुसविरुद्ध लामो दूरीको मिसाइल प्रयोग गर्न अनुमति दिएको थियो ।
युक्रेनले कुर्स्क क्षेत्रमा केही लक्ष्यलाई निशाना बनाएको बताएको थियो। यसपछि रुसको रक्षा मन्त्रालयबाट विज्ञप्ति आयो, जसमा उसले प्रतिकारात्मक कारबाही गर्ने चेतावनी दिएको छ ।
यसैबीच, युक्रेनी वायुसेनाले सोमबार राति रुसले १८८ ड्रोनबाट आक्रमण गर्दा केही आधारभूत संरचनामा क्षति पुगेको बताएको छ । त्यसयता युक्रेन र रुसबीच तनाव उत्कर्षमा पुगेको छ ।
गत हप्ता अमेरिकाले युक्रेनलाई रुसभित्र लामो दूरीका मिसाइलहरू प्रयोग गर्न अनुमति दिएको थियो। एक हजार दिनभन्दा बढी समयदेखि चलिरहेको यस युद्धमा पहिलो पटक यति शक्तिशाली हतियार प्रयोग भएको मानिएको छ ।
Facebook Comment