भारतका ओलम्पियन कुश्ती खेलाडी बजरंग पुनियालाई चार वर्षका लागि प्रतिबन्ध
काठमाडौं । राष्ट्रिय एन्टी डोपिङ एजेन्सी (नाडा) ले ओलम्पियन रेस्लर बजरंग पुनियालाई चार वर्षका लागि निलम्बन गरेको छ ।
समाचार एजेन्सी पीटीआईका अनुसार बजरंग पुनियाले मार्च महिनामा डोप टेस्टका लागि आफ्नो नमूना दिन अस्वीकार गरेका थिए। निलम्बन २३ अप्रिल २०२४ देखि लागू हुनेछ।
नाडाले उनलाई २३ अप्रिल २०२४ मा निलम्बन गरेको थियो, जसविरुद्ध उनले अपिल गरेका थिए। यसपछि नाडाको अनुशासनात्मक डोपिङ प्यानलले ३१ मेमा आरोपको सूचना नपठाएर यो निर्णय रद्द गरेको थियो ।
जुन २३ मा नाडाले पुनियालाई नोटिस पठाएको थियो । पुनियाले यसलाई चुनौती पनि दिए । नाडाको डोपिङ प्यानलले यो मुद्दाको सुनुवाइ गरिरहेको थियो।
पुनिया यौन उत्पीडनको विरोधमा महिला पहलवानहरूलाई समर्थन गरेको कारण चर्चामा रहे।
गत सेप्टेम्बरमा, हरियाणा चुनाव अघि उनी पहलवान विनेश फोगाटसँग कांग्रेसमा प्रवेश गरेका थिए। उनलाई अखिल भारतीय किसान कांग्रेसको जिम्मेवारी दिइएको थियो।
बजरंग पुनिया टोकियो ओलम्पिकमा कास्य पदक जितेका थिए।
Facebook Comment