बक्सिङ टोली थाइल्याण्ड जाने

डिसी नेपाल
१२ मंसिर २०८१ २२:०५

काठमाडौं। इलाइट पुरुष तथा महिला बक्सिङ च्याम्पियनसिपमा सहभागी हुन ४ खेलाडीसहित छ सदस्यीय नेपाली टोली भोलि थाइल्याण्डको चियाङ–माइ प्रस्थान गर्नेभएको छ।

यही नोभेम्बर ३० देखि डिसेम्बर १२ तारिखसम्म हुने प्रतियोगितामा समान २–२ पुरुषरमहिला खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्ने छन्। पुरुष ४८ केजीमा लालप्रसाद उप्रेती र ५१ केजीमा लक्ष्मण राईले प्रतिस्पर्धा गर्ने नेपाल बक्सिङ महासंघका महासचिव मानबहादुर भण्डारीले जानकारी दिए। महिला ४८ केजीमा आरती बम्जन तथा ५१ केजीमा अस्मिता दुवालले खेल्ने छन्।

प्रशिक्षकमा राज श्रेष्ठ तथा इन्टरनेसनल टेक्निकल अफिसर (आइटीओ) मा पुस्करराज पन्त रहेका छन्। पन्त बक्सिङमा नेपालका एक मात्र आइटीओ हुन्। टोलीलाई सफलताको शुभकामना दिँदै राष्ट्रिय खेलकुद परिषद्का सदस्य-सचिव टङ्कलाल घिसिङ, बक्सिङ महासंघका अध्यक्ष राम अवालेलगायतले एक कार्यक्रमबीच आज बिदाइ गरे।

सो अवसरमा सदस्य-सचिव घिसिङले आसन्न २०औँ एसियाली खेलकुदको तयारीका लागि बक्सिङको ट्रेनिङ प्लान पेस गर्न निर्देशन दिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *