लघुकथा : जुन
-ए जुन तिमी सधैं यसैगरी उदाउनु है।
तिमीसँग धेरै कुरा गर्नु छ। तिम्रो साथमा बसेर, तिम्रो सुन्दरतासँगै उज्यालो मधुरो किरणमा डुबेर म मेरो जीवन को अध्यारो पाटो केलाउने मन छ। र अनि अध्यारोमा हराएको म भित्रको बिमार परेका ब्यथाहरुको कथा ओकल्नु छ।
भावनालाई अक्षरको रुप दिएर सजिलोसँग सजाउनेछु खाली पाना हरुलाई।
-जुन अरुबेला तिमीसँगै देखिने ताराहरु देख्दिन त आज! -तिमी एक्लै छौ!
तिम्रो वरिपरि कालो निराकार आकाश देख्छु, टाढाको क्षितीज कालो आकाश र कालो पहाडको मीठो मिलनले धेरै टाढा रहेको म र मेरोमनलाई बडो गजबले पुलकित पारेको छ।
थाहा छ जुन?
धेरै पहिले को कुरा हो।
– एक जोडी युगल जोडी सुन्दर बगैंचाको बुढो काठको बेन्चमा बसेर निक्कै मिठा-मिठा प्रेमको प्रेमिल कुरा गर्दै थियो। म पनि त्यहीँ कतै एकले आर्कोलाई नदेख्ने तर बोलेको कुरा मज्जाले सुन्ने ठाउँमा थिए। खुब खुशीको कुरा गर्दै थियो एक-आपसमा। एकले आर्कोलाई परिआए ज्यानैसम्म दिन सक्ने खास कुरा गर्दै थियो।
धेरै दिनहरुले टाढा ल्याएपुर्याइ सकेछ जीवनलाई। थाहा छैन तिनीहरुको प्रेम सफल भयो होला या असफल।
तर त्यो बेला ती जोडीले गरेको कुरा सम्झिन्छु बेलाबेलामा। प्रेमी ले प्रेमिकाको निम्ति गरेको कुरा थियो त्यो।
भन्दै थियो;”प्रिय तिम्रो निम्ति म आकाशको जुन टिपेर ल्याइदिन सक्छु”!
– म छक्क परेको थियो। त्यो बेला तिनीहरु को कुरा सुनेर।
अँ साच्चै जुन आइन् त ती प्रेमी तिमीलाई टिप्न?
के तिमीलाई टिप्न सकिन्छ र?
-भावना हो भावनाले हावामा महल खडा गर्छ। आकाशमा बस्ती बसाल्छ। सागरमा बृक्षारोपण गरेर जंगल बनाउन छ।
जता डोरायो उतै जाने मन!
बडो मुस्किल छ है जुन अस्थिर मनको कुरा स्थिर पार्न।
थाहा छ जुन परिबन्धले तिमीलाई जस्तै एक्लो पारेको छन् धेरै धेरैलाई। फरक यतिमात्रै हो।
तिम्रो एक्लो पना तिम्रो सौर्न्दर्य हो भने बाँकीको एक्लो पन मानसिक रोगको शुभ आरम्भ।
(ईन्दु) जुन तिम्रो सौर्न्दर्य,सुनसान रात अनि भेटहुन नसकेको प्रीयसिको साथ। सम्झनामा भेटेर गरेको भलाकुसारीमा दंग हुँदै थियो।
तिम्रो सुन्दरतामा निखार ल्याउनसँगै रहेको कालो पहाडमा बगेका बतासको कर्कस आवजले मौनतालाई भंग गरिदियो।
खैर छोडिदिम आजलाई सब कुरा…!
जुन तिमीजस्तै निष्पक्ष बनेर बाँच्न पाए हुन्थ्यो भन्ने बोध बोकेर डुल्दैछु तिम्रो वरिपरी।
पाँचखाल-११,काभ्रेपलान्चोक
हाल- लिमासोल,साईप्रस
Facebook Comment