अमेरिकाले ताइवानलाई ३८५ मिलियन डलर बराबरको हतियार बिक्री गर्ने

डिसी नेपाल
१६ मंसिर २०८१ ९:३१

न्युयोर्क । संयुक्त राज्य अमेरिकाले ताइवानलाई ३८५ मिलियन डलरबराबरको हतियार बिक्री गर्ने भएको छ । अमेरिकाले ताइवानलाई ३८ करोड ५० लाख डलरको हतियार बिक्री गर्ने अनुमति दिए पछि चीन भने त्रसित भएको छ ।

चीनसँग असन्तुष्ट भएको सैन्य सम्बन्धलाई गहिरो बनाउने अमेरिका र चीन बिच भएको यो सम्झौता सबैभन्दा नयाँ संकेत हो। अमेरिकाले सन् २०२५ मा लडाकु विमान र राडार प्रणालीका स्पेयर पार्ट्सलगायत सैन्य उपकरणहरू वितरण सुरु गर्ने अमेरिकी रक्षा सुरक्षा सहयोग एजेन्सी (डीएससीए) ले जनाएको छ ।

अमेरिकी विदेश मन्त्रालयका अनुसार हालै गरिएको बिक्रीले ताइवान एफ १६ सैन्य बिमान परिचालन तयारीलाई कायम राख्नेछ । उसमाथी भविष्यमा हुने खतरा सामना गर्न सक्ने सुनिश्चित गर्नेछ ।

शनिवार ताइवानका राष्ट्रपति विलियम लाइ चिङ्ते प्यासिफिकको यात्राको लागि प्रस्थान गरेका छन । अमेरिकामा योजनाबद्ध हतियार बिक्रीवाट चीन भने क्रुध भएको छ।

चीनले ताइवानलाई आफ्नै भएको दाबी गरेको छ र आफ्नो एकीकरणको लक्ष्य हासिल गर्न बल प्रयोगलाई अस्वीकार गरेको छैन। उसले लामो समयदेखि ताइवानलाई अमेरिकी हतियार बिक्रीको विरोध गर्दै आएको छ।

शनिबार प्यासिफिक सहयोगी मार्शल टापुहरू टुभालु र पलाउ गएका छन । गत मेमा पदभार ग्रहण गरेपछि आफ्नो पहिलो विदेश यात्रामा अमेरिकी राज्य हवाई र गुआम क्षेत्रमा पनि उनी पुग्नेछन् ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *