ओखलढुंगाको मुलुङ–५ मा मत गणना स्थलमा कांग्रेस-एमालेबीच विवाद
काठमाडौं । ओखलढुंगाको मोलुङ गाउँपालिका–५ मा मतगणना जारी रहँदा कांग्रेस-एमाले उम्मेदवारबीच विवाद भएको छ।
जारी मत गणनामा एमाले उम्मेदवारले अग्रता लिएसँगै विवाद सुरु भएको हो। मतगणनामा एमालेले अग्रता लिएपछि कांग्रेसका उम्मेदवार र प्रतिनिधि मत गणनास्थल छाडेर हिँडेका छन्।
एमाले उम्मेदवार गंगाबहादुर तामाङले १ सय ७ मतका साथ लिड गर्दा कांग्रेस उम्मेदवार घनश्याम दाहालले ४६ मत प्राप्त गरेका छन्।
यस्तै रास्वपाका विष्णु प्रसाद पोखरेलले ३६, नेकपा माओवादी केन्द्रका मान बहादुर सुनुवारले ७ मत प्राप्त गरेका छन्।
प्रतिक्रिया
Facebook Comment