झापाको कन्काई-६ मा स्वतन्त्र उम्मेदवार विजयी

डिसी नेपाल
१६ मंसिर २०८१ २३:२७

काठमाडौं । झापाको कन्काई नगरपालिका-६ मा स्वतन्त्र उम्मेदवार विजयी भएका छन्।

स्वतन्त्र उम्मेद्वार लक्ष्मीप्रसाद ओली चापाकल चुनाव चिह्न लिएर उपनिर्वाचनमा होमिएका थिए। उनी ४ सय ९३ प्राप्त गर्दै विजयी भएका हुन्।

उनका प्रतिस्पर्धी नेकपा एमालेका तुलाराम बस्नेतले ३ सय ५६ मत प्राप्त गरेका छन्।

नेपाली कांग्रेसका रामगोपाल ओली ३ सय १७ र माओवादी केन्द्रका गणेशबहादुर थापाले २ सय ७७ मत ल्याएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *