उपनिर्वाचनः सप्तरीका दुई वडामा जसपाका उम्मेदवार विजयी
सप्तरी। स्थानीय तह उपनिर्वाचनअन्तर्गत सप्तरीको डाक्नेश्वरी–४ को वडाध्यक्ष पदमा निर्वाचित जनता समाजवादी पार्टी नेपालका उम्मेदवार देवेन्द्रप्रसाद यादव विजयी भएका छन्।
यादवले तीन सय ७२ मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ। यादवका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका जोगिन्द्र राय अमातले दुई सय ७७ मत प्राप्त गरे।
साथै जनमत पार्टीका उदय नारायण पण्डितले दुई सय ३१, नेपाल कम्युनिष्ट पार्टी (एमाले)का सञ्जयकुमार यादवले ६८, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का भागवत रामले नौ, राष्ट्रिय प्रजातन्त्र पार्टीका रामकुमार यादवले छ र नागरिक उन्मुक्ति पार्टीका शिवकुमार रामले तीन र जनता समाजवादी पार्टीका रविन्द्र रायले तीन मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ। डाक्नेश्वरी नगरपालिका वडा नं. १ मा जसपाका धिरेन्द्रकुमार साह निर्वाचित भएका छन् ।
साहले ६५२ मतसहित निर्वाचित हुँदा नेपाली कांग्रेसका भूलियादेवी थरुनी ५८७ मतसहित निकटतम् प्रतिद्वन्द्वी रहिन् । एमालेकी भगवानी साहले २६५ मत प्राप्त गरिन्।
Facebook Comment