क्यान्सर पीडित रामचन्द्र अधिकारिलाई अमर छेत्री फाउन्डेशनकाे सहयाेग
नयाँ दिल्ली। विगत लामो समयदेखि भारतमा समस्यामा परेका दुखी-पीडित आर्थिक अभावका कारण उपचार गर्न नसकेका पीड़ित नेपालीहरुलाई सहयोग गर्दै आएको अमर छेत्री फाउन्डेशनले क्यान्सर पीडित रामचन्द्र अधिकारीलाई दुई लाख चालीस हजार नेपाली रकम सहयोग गरेको छ।
फाउन्डेनश संस्थापक (अमर छेत्री) भन्छन्- आफू आर्थिक सम्पन्न देश अमेरिकामा भएतापनि मनमुटु माया नेपाल र नेपालीसँग रहेको र नेपाली कुनै पनि देशमा पीडित हुँदा पीडा आफूले भोगेको अनुभव हुन्छ। पीडित नेपालीहरुलाई भविष्यमा पनि निरन्तर सहयोग रहने आश्वासन दिएका छन्।
हिन्दी नेपाली गीत संगीतमा नृत्य गरि दर्शकहरुको मन मुटुमा बस्न सफल भएकी देवी अधिकारी अहिले समस्यामा परेकी छन्। नेपाल घर चितवन, भरतपुर महानगरपालिका वडा न. १२ निवासी देवी अधिकारीको परिवार अहिले अलपत्र अवस्थामा परेको छ।
मध्यम वर्गीय परिवार रहेको घरको आर्थिक अटो चालक श्रीमानमा निर्भर तर श्रीमान नै बिरामी परे पछि सामान्य खुशहाल जीवन अंधकारमा परिवर्तन भएको छ। उन्ही भन्छिन्, सुरुवाती स्तरमा रामचन्द्रको स्वास्थ्यमा सुधार नहुँदा उनलाई चितवनको बिपी कोइराला मेमोरियल अस्पतालमा भर्ना गरियो।
डक्टरहरुले पीडितमा ब्लड क्यान्सर भएको जानकारी दिए। घरको मूल व्यक्ति, आर्थिक स्रोतको पात्रमा नै यसरी भयानक रोग देखा परे पछि परिवारमा आर्थिक भौतिक बज्रपात भयो।’
७ महिनाको उपचार पश्चात स्वस्थ्यमा सुधार नहुँदा उनलाई भारतको राजधानी नयाँ दिल्ली स्थित राजीव गाँधी क्यान्सर अस्पतालमा रेफर गरियो। पीडितलाई बचाउनका लागि डाक्टरले बोन मेराे प्रत्यारोपण गर्ने पर्ने सुझाव दिए।
आफूसँग भएको पुर्खेली जमिन बिक्री गरी सकेको, घर पनि बैंकमा धरौटी राखी रकम लिएको, आर्थिक अवस्था कमजोर, वैदेशिक भूमि, चिनजानको व्यक्ति नहुनु यो अवस्थामा श्रीमानको उपचार भारतको निजी अस्पतालमा गर्नु असम्भव नै थियो।
तर श्रीमान बचाउने ठूलो सपना लिएर देवी अधिकारी दिल्लीमा भौतरी रहेकी छिन्। यो दुर्लभ रोग उपचारमा अहिलेसम्म लगभग ५५ लाख रूपैयाँ सकियो तर श्रीमान बचाउने आशा भरोसा देवी अधिकारीले छोड़िकी छैन्। अस्पतालले अझै ३ महिना अस्पतालकै देख रेखमा राख्नु पर्छ भनेका छन् र आर्थिक आशा भरोसा भनेको सामाजिक सञ्चाल मार्फ़त उठेको रकममा निर्भर छ।
बच्चाहरु नेपालमा एक्लै, आर्थिक स्रोत शून्य, बैदेशिक भूमि, बिरामी श्रीमानसँग एक्लै श्रीमान बचाउन भारतको रोहिणीस्थित राजीव गाँधी क्यान्सर अस्पातलमा रात दिन लागि परेकी छिन्।
Facebook Comment