चितवनलाई ११२ रनको झिनो लक्ष्य, सोहेल तनवीरले लिए ५ विकेट

काठमाडौं । नेपाल प्रिमियर लिगमा काठमान्डु गुर्खाजले चितवन राइनोजलाई ११२ रनको झिनो लक्ष्त दिएको छ । चितवनका पाकिस्तानी बलर सोहेल तनवीरले एक्लै ५ विकेट लिएपछि काठमान्डु १११ रनमै अलआउट भएको हो ।
टस जितेर चितवन राइनोजले काठमान्डुलाई ब्याटिङको निम्तो दिएको थियो । काठमान्टुका लागि मिचेल लेभिटले २५, सुमित महर्जनले २४, ड्यान डथवेटले १९, शंकर रानाले १६ रन बनाए । चितवनका लागि तनवीरले ५, रिजन ढकाल, कुशल मल्ल, अमर रौतेला र ल्युक बेंकेस्टेनले १-१ विकेट लिए ।
प्रतिक्रिया
Facebook Comment