कीर्तिपुरमा कांग्रेससँग मतान्तर घटाउँदै एमाले
काठमाडौं। आइतबार भएको स्थानीय तह उपनिर्वाचनको मत परिणाम आउनेक्रम जारी छ। हालसम्म ३७ स्थानको मत परिणाम सार्वजनिक भइसकेको छ । काठमाडौंको कीर्तिपुर नगरपालिको मेयरको मत गणना जारी छ।
सोमबार दिउँसो साढे १ बजेसम्मको परिणामअनुसार नेपाली कांग्रेसका उम्मेदवार कृष्णमान डंगोलले अग्रता कायमै राखेका छन्। कांग्रेसका डंगोलले अहिलेसम्म एमालेका उम्मेदवारभन्दा करिव साढे ३ सयको मतान्तर कायम राखेका छन्। यसअघि कांग्रेस र एमालेबीच ५१४ मतको फरक थियो।
निर्वाचन आयोगले सार्वजनिक गरेको पछिल्लो मत परिणामअनुसार कांग्रेस उम्मेदवार डंगोल २ हजार ४२० मतसहित अगाडि भइरहेका हुन्। उनी एमाले उम्मेदवार डा.सुरेन्द्र मानन्धरभन्दा ३५९ मतले अघि भएका हुन्। मानन्धरले अहिलेसम्म २ हजार ६१ मत पाएका छन्।
तेस्रो स्थानमा रहेका माओवादी केन्द्रका उम्मेदवार प्रा.डा.शिवशरण महर्जनले हालसम्म १ हजार ६७४ मत पाएका छन्।
Facebook Comment