अण्डर १९ एसिया कप: नेपालविरुद्ध अफगानिस्तानका दुवै ओपनर शून्य रनमै आउट

डिसी नेपाल
१८ मंसिर २०८१ ११:१४

काठमाडौं । युएइमा जारी अण्डर १९ एसिया कपमा नेपालले आज अफगानिस्तानसँग खेल्दैछ । शारजाहको मैदानमा टस जितेर पहिले ब्याटिङ रोजेको अफगानिस्तानले सुरुवाती २ ओभरमै १ रनको स्कोरमा आफ्ना दुवै ओपनर गुमाएको हो ।

अफगानिस्तानका कप्तान तथा ओपनर महबुब खान ३ बल खेलेर शून्य रनमा आउट भए । यस्तै अर्का ओपनर उजैरुल्लाह नियाजाइ पनि ४ बल खेलेर शूल्य रनको स्कोरमै आउट भए । महबूब खानलाई कप्तान हेमन्त धामीले बोल्ड गरे भने नियाजाइलाई अभिषेक तिवारीले बोल्ड गरे ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *