चोरीका २६ ल्यापटपसहित दुई जना पक्राउ

डिसी नेपाल
१८ मंसिर २०८१ १७:४६

काठमाडौं । ललितपुरको विभिन्न स्थानमा शृङ्खलाबद्ध ल्यापटप चोरी घटनामा संलग्न दुई जनालाई जिल्ला प्रहरी परिसर ललितपुरको टोलीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा धरान उपमहानगरपालिका–१५ घर भइ काठमाडौं भोटेबहाल बस्दै आएका २५ वर्षीय हिमाल रसाइली र डडेलधुराको बागेश्वर गाउँपालिका–१ घर भएका २९ वर्षीय भोबहादुर थलाल रहेका छन्।

ललितपुर महानगरपालिकाको ३, ४, १० र १५ वडाका विभिन्न स्थानमा ल्यापटप चोरी भएको भन्दै प्रहरीमा उजुरी परेसँगै अनुसन्धानमा खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो। कोही नभएको मौका छोपेर, होस्टल, अफिस, तथा घर कोठाबाट ल्यापटप चोरी हुने गरेको उजुरी प्रहरीमा परेको थियो।

पक्राउ परेका रसाइली यसअघि ८ पटक चोरी मुद्दामा र ५ पटक अभद्र व्यवहारको कसुरमा गरी १३ पटक मुद्दा चलेका व्यक्ति रहेको ललितपुर प्रहरीले जनाएको छ।

थलालविरुद्ध यसअघि काठमाडौंबाट एक पटक चोरीको कसुरमा मुद्दा चलेको पाइएको प्रहरीको भनाइ छ। उनीहरूको साथबाट २६ थान चोरीका ल्यापटप बरामद भएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *