त्रिपाल मै जाजरकाेटकाे नगर अस्पताल

डिसी नेपाल
१९ मंसिर २०८१ ७:५०

सुर्खेत। जाजरकोटको नलगाड नगरपालिकाको नगर अस्पताल अझै त्रिपालमै सञ्चालनमा रहेको छ। भूकम्प गएको एक वर्ष बित्दा पनि नगर अस्पतालको सेवा त्रिपालबाट भइरहेको छ।

नयाँ नगर अस्पतालको भवन निर्माण पूरा नभएका कारण नगर अस्पताल त्रिपालमै रहेको छ। गत वर्षको कात्तिक १७ गते रामीडाडा केन्द्र विन्दु भएर गएको भूकम्पका कारण नगर अस्पतालमा क्षति पुगेको थियो।

कुल १५ शश्याको अस्पताल दुई वर्ष अघि हुनुपर्ने भएपनि अस्पताल निर्माण व्यवसायीको लापरबाहीका कारण समयमा निर्माण नहुँदा त्रिपालको सहरामा स्वास्थ्य सेवा सुचारु गरिएको छ।

चिसो मौसममा सेवा प्रवाह गर्न मुस्किल हुँदै गएको स्वास्थ्यकर्मीले बताएका छन्। पूर्वी जाजरकोटको सबै भन्दा ठुलो अस्पतालका रुपमा यसलाई लिइन्छ। दैनिक ५० भन्दा बढी बिरामी यहाँ उपचारका लागि आउने गर्छन्।

उपचार गर्दा निकै समस्य भएको स्वास्थ्य शाखाका प्रमुख तप्त चनाराले बताए। नगर अस्पताल निर्माण हुन अझै कम्तिमा एक वर्ष लाग्ने सम्भावना रहेको नगर प्रमुख डम्वर रावतले बताए। भेरी करिडोरको बीच भागमा नगर अस्पताल रहेको छ। डोल्पा ,जाजरकोट र रुकुम पश्चिमका स्थानीयबासीहरु यहाँ उपचारका लागि आउने गर्छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *