एनपीएलः काठमाडौंले कर्णालीलाई हरायो

डिसी नेपाल
१९ मंसिर २०८१ १२:३३

काठमाडौं। आज नेपाल प्रिमियर लिग (एनपीएल) को छैटौं खेलमा काठमाडौं गुर्खाजले कर्णाली याक्सलाई ३ विकेटले पराजित गरेको छ। कर्णाली याक्सले दिएको १५० रनको लक्ष्य काठमाडौंले १९.३ ओभरमा ७ विकेट गुमाएर पुरा गर्‍यो

काठमाडौंका लागि सुमित महर्जनले सर्वाधिक रन बनाए। उनले ३७ बलमा ३ चौका र १ छक्काको मद्दतमा ४० रन बनाए। कप्तान करन केसीले आक्रामक ब्याटिङ गरे। उनले १० बलमा २ चौका र २ छक्का प्रहार गर्दै २८ रन बनाए। यस्तै माइकल लेभिटले २२ तथा गेरहार्ड इरास्मसले ३८ रन बनाए।

यसअघि टस हारेर पहिला ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १४९ रन बनाएको थियो। कर्णालीका लागि शिखर धवनले अर्धसतकीय पारी खेले। उनले ४२ बलमा ३ चौका र ३ छक्को मद्दतमा अर्धसतक पुरा गरेका हुन्। ५१ बल खेलेका उनले ४ चौका र ५ छक्को प्रहार गर्दै ७२ रन बनाए।

यस्तै चाडविक वाल्टनले २१, जिशन मक्शुदले १४, बाबर हायातले १३ तथा गुल्शन झाले १२ रन बनाए। काठमाडौंका गेरहार्ड इरास्मसले २ विकेट लिए।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *