एनपिएल क्रिकेटः जनकपुरले टस जितेर बलिङ गर्दै

काठमाडौं। आज नेपाल प्रिमियर लिग (एनपिएल) को आठौं र नवौं खेल हुदैँछ। आजको पहिलो खेलमा जनकपुर बोल्टस र पोखरा एभेन्जर्स बिचमा प्रतिस्पर्धा हुदैँछ।
उक्त खेलमा जनकपुरले टस जितेर बलिङ गर्ने निर्णय लिएको छ। त्रिवि खेल मैदानमा दुवै टोली पहिलो पटक आमुने सामुने हुदैँछन्।
जनकपुरले यसअघि विराटनगर किंग्स र कर्णाली याक्सलाई पराजित गरेको थियो भने पोखरा एभेन्जर्स चितवन राइनोजसँग पराजित भएको थियो। जनकपुर तेस्रो जीतका लागि र पोखरा पहिलो जीतका लागि मैदानमा उत्रँदैछन्।
आज हुने पहिलो खेलमा जनकपुर बोल्टसको नेतृत्व अनिल साहले गर्दैछन् भने पोखराबाट कुशल भुर्तेलले नेतृत्व गर्नेछन्।
प्रतिक्रिया
Facebook Comment