फिल्म पुष्पा २ रिलिजको क्रममा दर्शकहरूबीच भागदौड, एक महिलाको मृत्यु
काठमाडौं । तेलुगु अभिनेता अल्लु अर्जुनको फिल्म ‘पुष्पा २’ आजबाट रिलिज भएको छ । रिलिज हुनु अघि डिसेम्बर ४ मा फिल्म पुष्प २ को बेनिफिट शो आन्ध्र प्रदेश र तेलंगानामा देखाइएको थियो।
चिक्कडपल्ली हैदरावादको सन्ध्या थिएटरमा एक बेनिफिट कार्यक्रम पनि आयोजना गरिएको थियो। फिल्मका नायक अल्लु अर्जुन पनि यहाँ पुगेका थिए । उनलाई हेर्न फ्यानहरुको भीड लागेको थियो ।
यसैबीच भागदौड भएको र भीड नियन्त्रण गर्न प्रहरीले हल्का लाठीचार्ज गरेको थियो । यस अराजकतामा रेवती नामकी महिलाको मृत्यु भयो। घटनामा महिलाका छोरा श्रीतेजाको अवस्था चिन्ताजनक रहेको बताइएको छ ।
चिक्कडपल्ली प्रहरीले बीबीसी तेलुगुलाई भनेको छ, “हैदराबादमा फिल्म पुष्प २ रिलिजको क्रममा मच्चिएको भागदौडमा ३५ वर्षीया महिला रेवतीको मृत्यु भएको छ।”
बीबीसी तेलुगुका अनुसार चिक्कडप्पल्ली प्रहरीले मुद्दा दर्ता गरी घटनाको अनुसन्धान गरिरहेको छ।
चिक्कडपल्ली प्रहरीले बीबीसीलाई भन्यो, “रेवती र उनको छोरा श्रीतेजालाई परिवारका अन्य सदस्यहरूबाट अलग गरिएको थियो। थिएटरमा भागदौड मच्चिएपछि दुवै बेहोस भए। यसैबीच, सास फेर्न गाह्रो भएपछि रेवती बेहोस भइन्। हामीले तुरुन्तै ल्यायौं। रेवती र उनका छोराले श्रीतेजालाई छेउमा लगेर सीपीआर दिएपछि उनलाई विद्यानगरको दुर्गाबाई देशमुख अस्पताल लगियो ।
श्रेतेजाको अवस्था गम्भीर रहेको र उनको उपचार भइरहेको बताइएको छ ।
Facebook Comment