सुदूरपश्चिमले काठमाडौंलाई दियो १६८ रनको लक्ष्य

डिसी नेपाल
२० मंसिर २०८१ १४:४९

काठमाडौं । नेपाल प्रिमियर लिग(एनपीएल) मा सुदूरपश्चिम रोयल्सले काठमाडौं गुर्खाजलाई १६८ रनको लक्ष्य दिएको छ । टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ६७ रन बनाएको हो ।

सुदूरपश्चिमका लागि ब्रेन्डन मेक्मुलनले सर्वाधिक ५३ रन बनाए । विनोद भण्डारीले ३५ रन बनाए । दिपेन्द्रसिंह ऐरीले २५ बलमा ३ चौका र २ छक्काको सहयोगमा ४३ रन बनाए ।

काठमाडौंका लागि राशिद खानले २ तथा करण केसी, जेहार्ड एरास्मस र साहब आलमले समान १ विकेट लिए । आजै भएको पहिलो खेलमा पोखरा एभेनजर्सलाई ७ विकेटले पराजित गर्दै जनकपुर बोल्ट्सले लगातार तेस्रो जित हासिल गरेको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *