डेडिकेटेड तथा ट्रंकलाइनको बक्यौता असुल गरेरै छाड्छौंः अर्थमन्त्री

डिसी नेपाल
२० मंसिर २०८१ १७:४०

काठमाडौं। उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले डेडिकेटेड तथा ट्रंकलाइनबाट विद्युत उपयोग गरेका उद्योगसँग बक्यौता असुल गरेरै छाड्ने बताएका छन्।

बुटवलमा बिहीबार आयोजित नेपाल विद्युत प्राधिकरण कर्मचारी युनियनको ११ औं केन्द्रीय सभालाई सम्बोधन गर्दै पौडेलले विद्युत महसुल बिलको आधारमा डेडिकेटेड तथा ट्रंकलाइनबाट विद्युत उपयोग गरेका उद्योगसँग बक्यौता असुल गरेरै छाड्ने बताएका हुन्। विद्युत प्राधिकरणले पनि उद्योगीहरुले उपयोग गरेको विद्युतको बिल उपलब्ध गराउन सक्नुपर्ने उनले बताए।

त्यस्तै उनले डेडिकेटेड तथा ट्रंकलाइनसम्बन्धी विवाद छिटै समाधान हुने धारणा पनि राखे। पौडेलले सरकारलाई नटेर्ने र चूनौति दिन खोज्ने प्रवृति उचित नभएको भन्दै यस्ता प्रवृति सहज ढंगले अन्त्य होस् भन्ने सरकारले चाहेको उल्लेख गरे।

उनले विद्युत प्रधिकरण आफै सबल र सक्षम नहुदा सम्म काम गर्ने कर्मचारीहरु सबल हुन नसक्ने पनि बताए। पौडेलले कर्मचारीहरुको ५२ महिना देखि रोकिएको बिमा र सेवा सुबिधाका बारेमा सरकारले छलफलबाट समाधान निकाल्ने प्रतिबद्धता पनि जनाए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *