आज दुई वटा संसदीय समितिको बैठक बस्दै
काठमाडौँ । आज दुई वटा संसदीय समितिको बैठक बस्दै छ । बिहान ११ बजे पूर्वाधार विकास समितिको बैठक बस्दै छ ।बैठकमा समितिमा प्राप्त उजुरी र जलस्रोत विधेयक, २०८१ बारे छलफल हुने संसद् सचिवालयले जानकारी दिएको छ ।
यस्तै सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक पनि बिहान साढे ११ बजे बस्दै छ। बैठकमा राष्ट्रिय निकुञ्जहरूको अवलोकन सम्बन्धमा छलफल हुने कार्यतालिका रहेको छ ।
प्रतिक्रिया
Facebook Comment