कर्णालीलाई जितका लागि १३१ रनको लक्ष्य
काठमाडौँ । नेपाल प्रिमियर लिगमा आजको खेलमा चितवन राइनोजले कर्णाली याक्सलाई जितका लागि १३१ रनको लक्ष्य दिएको छ ।
किर्तिपुर मैदानमा भइरहेको खेलमा टस हारेर पहिला ब्याटिंग गरेको चितवनले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १३० रनको स्कोर बनाएको हो ।
चितवनका लागि रवि बोपाराले सर्वाधिक नटआउट ५९ रन बनाएका थिए भने कप्तान कुशल मल्लले २३ रन बनाएका थिए ।
त्यस्तै कर्णालीका बलर विपिन शर्माले ३ तथा जिशान मक्सुदले २ विकेट लिएका थिए । अहिलेसम्म चितवनले खेलेका दुवै खेलमा जित हासिल गरेको छ भने कर्णालीले भने दुवै खेलमा हार बेहोरेको छ ।
प्रतिक्रिया
Facebook Comment