पोखरालाई जितका लागि १७१ रनको लक्ष्य
काठमाडौं । नेपाल प्रिमियर लिगमा लुम्बिनी लायन्सले पोखरा एभेन्जर्सलाई जितका लागि १७१ रनको लक्ष्य दिएको छ ।
टस जितेर पहिला ब्याटिंग गरेको लुम्बिनीले निर्धारित २० ओभरमा ५ विकेट गुमाउदै १७० रन बनाएको हो ।
लुम्बिनीका लागि कप्तान रोहित पौडेलले ५९ बलमा ९५ रन बनाएका थिए भने टम मोरेजले ४५ र सन्दीप जोराले १८ रन बनाएका थिए । त्यस्तै पोखराका विपिन खत्रीले २ विकेट लिएका थिए ।
प्रतिक्रिया
Facebook Comment