इमरान खानले भने– ‘पाकिस्तानमा तानाशाही स्थापित भएको छ’
काठमाडौं । पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको एक्स अकाउन्टबाट बनाइएको लामो पोस्टमा आगामी दिनमा पार्टीको आन्दोलनको रूपरेखाबारे जानकारी दिइएको छ ।
बिहीबार राति गरिएको उक्त पोस्टमा भनिएको छ , ‘देशमा तानाशाही स्थापना भएको छ । सरकारी आतंकवादका कारण निर्दोष र शान्तिप्रिय राजनीतिक कार्यकर्तालाई गोली हानेर शहीद गरियो । हाम्रा हजारौं कार्यकर्ता बेपत्ता भएका छन् । सर्वोच्च अदालतले अब यो कुरालाई गम्भीरतापूर्वक लिनुपर्छ । संवैधानिक भूमिका खेल्नुपर्छ।”
“हामीले सर्वोच्च अदालत, लाहोर उच्च न्यायालय र इस्लामाबाद उच्च अदालतमा गम्भीर मानवअधिकार उल्लङ्घनको लागि पुग्यौं, तर अदालतले कुनै कारबाही गरेन र अहिले देश यो अवस्थामा पुगेको छ।”
पोस्टमा लेखिएको छ, “हामी शहीदहरूलाई श्रद्धाञ्जली दिन पेसावरमा १३ डिसेम्बरमा भव्य सभा आयोजना गर्नेछौं। यस बैठकमा विपक्षी राजनीतिक दलहरूलाई सहभागी हुन आमन्त्रित गरिनेछ।”
इमरान खानले जारी गरेको यो सन्देशमा ९ मे र २६ नोभेम्बरका घटनाको पारदर्शी अनुसन्धानका लागि अन्डरट्रायल राजनीतिक बन्दीहरूलाई रिहा गर्न र न्यायिक आयोग गठन गर्न माग गरिएको छ ।
माग पूरा नभए डिसेम्बर १४ गतेदेखि सविनय अवज्ञा आन्दोलन र बहिस्कार गर्ने घोषणा गरेको छ ।
नोभेम्बर २६ मा तेहरिक-ए-इन्साफ (पीटीआई) का कार्यकर्ता र समर्थकहरूले इमरान खानको रिहाइको लागि बुशरा बीबीको नेतृत्वमा इस्लामाबादमा विरोध प्रदर्शन गरे।
प्रदर्शनका क्रममा ठूलो मात्रामा पक्राउ र प्रहरीले कारबाही गरेपछि पीटीआईले आन्दोलन फिर्ता लिएको थियो ।
Facebook Comment