एमालेले बोलायो सचिवालय बैठक
काठमाडौं । नेकपा एमालेले केन्द्रीय सचिवालय बैठक बोलाएको छ। एमालेले मंसिर २५ गते सचिवालय बैठक बोलाएको हो।
एमाले पार्टी कार्यालयका सचिव भीष्म अधिकारीले मंसिर २५ गते दिउँसो ४ बजे सचिवालय बैठक आह्वान गरिएको बताए।
बैठकमा प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीको चीन भ्रमण, उपनिर्वाचन र समसामयिक राजनीतिक विषयमा छलफल गर्ने कार्यसूची छ। बैंठक ललितपुरको च्यासलस्थित केन्द्रीय कार्यालयमा बस्ने छ।
प्रतिक्रिया
Facebook Comment