कर्णालीले विराटनगरलाई दियो १३४ रनको लक्ष्य

काठमाडौं । नेपाल क्रिकेट लिग (एनपीएल)मा कर्णायली याक्सले विराटनगर किंग्सलाई १३४ रनको लक्ष्य दिएको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा अन्तिम बलमा अलआउट हुँदै कर्णालीले १३३ रनको लक्ष्य दिएको हो।
खेलमा देव खनाल र विलियम बोसिस्टोले अर्धशतकीय पारी खेलेका छन्।
खेलमा विलियम बोसिस्टोले ६६ रन र देव खनालले ५३ रन जोडेका थिए। शिखर धवनले ५ रन जोडेका थिए। अन्य खेलाडीले भने दोहोरो अंक जोड्न सकेनन्।
विराटनगरका लागि प्रतिश जिसीले ४, क्रिश सोल र बसिर अहमदले २ तथा अकिब इलियासले १ विकेट लिए।
प्रतिक्रिया
Facebook Comment