उड्डयन सुरक्षाका लागि सरकार प्रतिबद्ध छः पर्यटनमन्त्री पाण्डे

डिसी नेपाल
२२ मंसिर २०८१ १५:१४

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले उड्डयन क्षेत्रको सुरक्षाका निम्ति सरकार प्रतिबद्ध रहेको बताएका छन्।

अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवसका अवसरमा आज आयोजित कार्यक्रममा उनले सुरक्षित आकाश सरकारको पहिलो प्राथमिकता भएको बताए।

उनले उडान सुरक्षित बनाउन नियमन निकायलाई निरन्तर सचेत गराइएको जानकारी दिँदै हवाई दुर्घटनासम्बन्धी अनुसन्धानका लागि स्थायी आयोग गठनको प्रक्रिया प्रारम्भ भएको बताए।

यस वर्ष ‘दिगो भविष्यः आगामी ८० वर्षका लागि सँगै’ नाराका साथ अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस मनाइँदै छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *