दोस्रो इलाम गोल्डकप सुरू

डिसी नेपाल
२२ मंसिर २०८१ २१:००

मंगलबारे। इलाम गोल्डकपको दोस्रो संस्करणको उद्घाटन खेलमा संकटा क्लब काठमाडौंलाई हराउँदै आयोजक रेडहर्स फुटबल क्लब दोस्रो चरणमा पुगेको छ। खेलको निर्धारित समयमा दुवै टोलीबाट गोल हुन नसकेपछि ट्राइबेकरबाट नतिजा निकालिएको हो। ट्राइबेकरमा ४-३ गोल अन्तरले आयोजक रेडहर्स फुटबल क्लब विजयी भएको छ।

खेलको ‘म्यान अफ दी म्याच’ आयोजक रेडहर्सका गोलकिपर विवेक मगर भए। शनिबारदेखि खेल सुरू भएको हो। आइतबार दार्जिलिङ र एनआरटीबीच दिउँसो २ बजेदेखि प्रतिस्पर्धा हुने आयोजक संस्थाले जनाएको छ। ‘ए डीभिजन’ सहित आठ टोली सहभागी प्रतियोगिता मङ्सिर २९ गतेसम्म सञ्चालन हुने भएको छ।

इलाम गोल्डकपको दोस्रो संस्करणमा पुरस्कार राशी बढाएर दोब्बर बनाइएको बताइएको छ। विजेताले नगद रू १० लाख पाउनेछ। उपविजेताले रू पाँच लाख पाउने आयोजक समितिका अध्यक्ष साङ्गे यल्मुले जानकारी दिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *