प्रजातन्त्र विकाश मा.वि मा २ लाखको ज्याकेट वितरण
बागलुङ। बागलुङको ताराखोला गाउँपालिका -०१, माझखर्कमा अवस्थित श्री प्रजातन्त्र विकाश मा. वि.मा काशीराम शर्मा , गोमा शर्मा र उनको सम्पूर्ण परिवारले स्व. गंगाधर गैरे र स्व. मनरुपा गैरेको सम्झनामा रु. २,००,००० रकम बराबरको विद्यालयको लोगो सहितको ज्याकेट १८६ थान विद्यार्थीहरुलाई नि: शुल्क वितरण गरेका छन्।
बाल क्लबका अध्यक्ष केशव रोकाले विद्यालयमा न्यानो कपडा वितरणले विद्यार्थीको शैक्षिक वातावरणमा टेवा पुग्ने बताए। पूर्व विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चन्द्र कुमार नाईसाले विद्यालयको विकासको निम्ति सहकार्य आवश्यक रहेको बताए।
पूर्व विद्यालय व्यवस्थापन सिमितका अध्यक्ष, नन्दलाल गैरेले माटो सुहाउँदो र सेवामुखी शिक्षा आज अपरिहार्य रहेको कुरा व्यक्त गरे। विद्यालयका प्रधानाध्यापक नरबहादुर पुलिसाले आफूले शैक्षिक वातावरणको निम्ति जनसहभागिताको अपेक्षा प्रस्तुत गर्नुका साथै विद्यालयलाई सहकार्यमुलक कार्यक्रमले ऊर्जा थपेको आशय प्रस्तुत गरे।
विशिष्ट अतिथि ई. आकाश शर्माले शिक्षाको अर्थ नैतिकताका साथै व्यक्तिवादी चिन्तनबाट उठेर समाजवादी हुनु आजको आवश्यकता हो भन्ने तर्कमा व्यावहारिक एवम् व्यक्तिगत अनुभव सेयर गरे।
कार्यक्रममा बोल्दै प्रमुख अथिति एवम् ताराखोला गाउँपालिका -०१ का वडा अध्यक्ष याम बहादुर श्रीषले चिसो ठाउँमा न्यानो कपडा वितरण गर्ने दाताहरुको योगदानको उच्च कदर गर्दै विद्यालय एउटा सरस्वतीको भएकोले मन्दिरमा सेवा गर्नु हाम्रो धर्म रहेको र शैक्षिक सुधारको बाटोमा आफू प्रतिबद्ध रहेको कुरा व्यक्त गरे।
कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खर्क बहादुर घर्तीको अध्यक्षता, शिक्षकहरुको व्यवस्थापन र शिक्षक दल बहादुर रोकाको सञ्चालनमा सम्पन्न भएको थियो।
Facebook Comment