राष्ट्र बचाउ महाअभियानको घोषणा
काठमाडाैं। राष्ट्रवादी अभियन्ता तथा समाजसेवी वीरेन्द्र सेनको नेतृत्वमा राजधानीमा आयोजित एक कार्यक्रमका बीच “राष्ट्रवचाउ महाअभियान” को घोषणा गरिएको छ।
विगतमा राप्रपा (नेपाल) बाट आफ्नो राजनीति शुरु गरेका वीरेन्द्र सेन अहिले एक स्वतन्त्र राष्ट्रवादी, स्कुल संचालक र समाजसेवीको रुपमा परिचित छन्।
छरिएर रहेका सबै राजाबादी, हिन्दुवादीहरुलाई एकजुट गराई राजतन्त्रको पक्षमा वातावरण बनाउन सकिने र देशलाई निकास दिन सकिने उनको विश्वास छ। सानै उमेरदेखि राजसंस्था र हिन्दुराष्ट्रको पक्षधर रहेका उनी आफ्नो निर्णयमा दृढ रहेका छ्न्।
नेताहरुले गरेको गल्तीको सजाय राजालाई दिएको ठहर गर्दै अब महाअभियानले राजतन्त्र र हिन्दुराष्ट्रको पक्षमा निकट भविष्य मै जनजागरणमुलक सभा,भेला तथा अन्तरक्रिया कार्यक्रमहरु गर्ने बताइएको छ।
यसका लागि नै महाअभियानको शुरुवात गरेको उनको भनाई छ। राजावादी र राष्ट्रवादीहरूमा एक आपसमा मेल नहुनु, मनमुटाब हुनु लाई उनले चुनौतीको रुपमा लिएका छन्। यी चुनौतीलाई चिर्दै जाने उनको विश्वास छ। उनी आफू संयोजक रहेको यो अभियानमा सह-संयोजक होमबहादुर थापा लगायत तीस जाना रहेका छन्।
Facebook Comment