कीर्तिपुर नगरपालिकामा भोलि सार्वजनिक विदा
काठमाडौं। कीर्तिपुर नगरपालिकामा मंगलबार सार्वजनिक बिदा दिइएको छ। मंगलबारको दिन कीर्तिपुरमा स्थानीय परम्परा अनुसार सातगाउँले (न्हेगाँ) जात्रा लाग्ने गर्दछ । त्यसकै अवसरमा नगरपालिकाले सार्वजनिक बिदा दिएको हो।
नगरपालिकाको आइतबार बसेको २३ गतेको बैठकले मंगलबार नगरपालिकामा बिदा दिने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत माधवप्रसाद ढकालले जानकारी दिए ।
प्रतिक्रिया
Facebook Comment