संयुक्त राष्ट्रसङ्घद्वारा डिसेम्बर २१ लाई विश्व ध्यान दिवस घोषणा

समिर खनाल
२५ मंसिर २०८१ १०:५९

न्युयोर्क । डिसेम्बर ७, २०२४ मा संयुक्त राष्ट्र संघले आधिकारिक रूपमा डिसेम्बर २१ लाई विश्व ध्यान दिवसको रूपमा घोषणा गरेको छ।

ध्यानका फाइदाहरूलाई उजागर गर्न र समग्र कल्याणका लागि यसको अभ्यासलाई प्रोत्साहित गर्न यो घोषणा गरिएको हो। नेपाल, भारत, लिचेन्स्टाइन, श्रीलंका, मेक्सिको र अन्डोरा लगायत कोर ग्रुपका देशहरूको बलियो समर्थनका साथ यो प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको हो।

नेपालको अन्तर्राष्ट्रिय ध्यान केन्द्र ओशो तपोवनका संस्थापक तथा संयोजक स्वामी आनन्द अरुणले यो प्रस्तावलाई अगाडि बढाउन महत्वपूर्ण भूमिका खेलेका छन्।

प्रबुद्ध रहस्यवादी ओशोका शिष्यहरू र व्यापक ध्यान समुदायको प्रतिनिधित्व गर्दै स्वामी अरुणले यो पहललाई नेपाली सरकारको ध्यानाकर्षणमा ल्याएका थिए। वर्षौंदेखि उनले नेपाल र अन्तर्राष्ट्रिय रूपमा ध्यानका लागि विश्वव्यापी दिवस स्थापनाको महत्त्वबारे लेख र व्याख्यानहरू लेखेका छन्।

सन् २०१९ मा अमेरिकाको भर्जिनिया भ्रमणका क्रममा स्वामी अरुणको प्रयासलाई भर्जिनिया राज्यले मान्यता दिएको थियो। १६ फेब्रुअरी, २०१९ मा ध्यानका क्षेत्रमा उनको योगदानलाई सम्मान गर्दै र अप्रिल ३० लाई अन्तर्राष्ट्रिय ध्यान दिवसको रूपमा मनाउने घोषणा पारित गरिएको थियो। उक्त घोषणालाई भर्जिनिया राज्यका सिनेटर जेनिफर बोयस्को, सदनका प्रतिनिधि जोन बेल र लाउडन काउन्टीका अध्यक्ष फिलिस रान्डालले समर्थन गरेका थिए।

यो ऐतिहासिक क्षण भर्जिनियामा हाउस ४४३ घोषणापत्रको रूपमा दस्तावेजीकरण गरिएको थियो र यो कदमले व्यापक मिडिया आकर्षण प्राप्त गरेको थियो। यस पहललाई हरि शर्मा, सुबर्ण र अन्य प्रमुख व्यक्तित्वहरूले समर्थन गरेका थिए।

स्वामी अरुणले संयुक्त राष्ट्रसंघमा विश्व ध्यान दिवसको मान्यता प्रस्ताव गर्न आग्रह गर्दै नेपाल सरकारलाई पनि यो प्रस्ताव पेस गरेका थिए । नेपालको गृह, शिक्षा तथा विदेश मन्त्रालयसँगको बैठकमा यस्तो दिवसको विश्वव्यापी महत्वका बारेमा छलफल भएको थियो।

फेब्रुअरी १८,२०१९ मा स्वामी अरुणले न्यूयोर्कमा संयुक्त राष्ट्रसंघका लागि नेपालको स्थायी मिसनको भ्रमण गरे, जहाँ उनले मिसन प्रमुख निर्मल राज काफ्लेलाई भेटेका थिए । भेटमा काफ्लेले संयुक्त राष्ट्र संघको अर्को बैठकमा यो प्रस्ताव पेस गरिने आश्वासन दिएका थिए।

१९ फेब्रुअरी २०१९ मा स्वामी अरुणलाई संयुक्त राज्य अमेरिकाको नेपाली दूतावासमा व्याख्यान दिन आमन्त्रित गरिएको थियो, जहाँ उनले ध्यान र बुद्धको शिक्षाको प्रासंगिकता बारे छलफल गरेका थिए । कार्यक्रममा श्रीलङ्का र म्यानमारका राजदूतहरूसहित विभिन्न देशका प्रतिनिधिहरूले भाग लिएका थिए, जसले प्रस्तावलाई समर्थन गर्ने वाचा गरेका थिए। व्याख्यानपछि छोटो ध्यान सत्र पनि भएको थियो, जसमा सबै पाहुनाहरूले ठूलो उत्साहका साथ भाग लिएका थिए ।

अक्टोबर २१, २०२३ मा एउटा ऐतिहासिक घटनाक्रमका रूमा संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले भगवान बुद्धको जन्मस्थल लुम्बिनीसहोत नेपालको भ्रमण गरेका थिए।

भ्रमणका क्रममा विश्व ध्यान दिवसका लागि स्वामी अरुणको प्रस्ताव पनि उनीसमक्ष प्रस्तुत गरियो, जसले ध्यानका क्षेत्रमा विश्वव्यापी वकालतप्रति देशको प्रतिबद्धतालाई अझ बलियो बनायो। तत्कालीन गृहमन्त्री नारायण काजी श्रेष्ठले यस प्रक्रियामा महत्वपूर्ण भूमिका खेलेका थिए।

उनको अन्तर्राष्ट्रिय प्रयासका अतिरिक्त, स्वामी अरुणको पहलले योग र ध्यानलाई नेपालको विद्यालय पाठ्यक्रमको भागको रूपमा समावेश गरेको छ । यो ढाँचा स्वामी अरुण र ओशो तपोबन टोलीले प्रस्तुत गरेका थिए।

डिसेम्बर २१ लाई विश्व ध्यान दिवसको रूपमा घोषणा गरिनु ध्यान अभ्यास गर्नेहरूका लागि मात्र नभई यसका गहन फाइदाहरूको विश्वव्यापी मान्यताका लागि महत्त्वपूर्ण कोसेढुङ्गा हो। यस समयमा पर्ने शीतकालीन अयनान्तले अब कल्याण र भित्री रूपान्तरणलाई बढावा दिन ध्यानको शक्तिको अनुस्मारकको रूपमा काम गर्नेछ।

यो उपलब्धीले ओशो समुदाय र विश्वभरका ध्यानकर्ताहरूलाई व्यक्तिगत र सामूहिक विकास र रूपान्तरणको लागि एक उपकरणको रूपमा नवीन ध्यान अभ्यासहरू समावेश गरिएको ओशोको शिक्षा र विश्वका लागि दर्शनको अनुयायी भएकोमा अपार गर्व महसुस गराउँछ। यस दिन ध्यानको शक्तिको उत्सव मनाउन विश्वभर धेरै कार्यक्रमहरू आयोजना गरिनेछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *