सुनको मूल्य प्रतितोला दुई हजार एक सय बढ्यो
काठमाडौं। सुनको मूल्य तोलामा २१ सय रूपैयाँले बढेको छ। आज प्रतितोला १ लाख ५२ हजार २ सय रूपैयाँमा कारोबार भइरहेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत सोमबार प्रतितोला १ लाख ५० हजार १ सय रूपैयाँमा सुन कारोबार भएको थियो।
चाँदीको मूल्य पनि तोलामा ६० रूपैयाँले बढेको छ। सोमबारको तुलनामा मंगलबार ६० रूपैयाँले मंहगो भएको हो।
सोमबार प्रतितोला १ हजार ८६० रूपैयाँमा कारोबार भएकामा आज प्रतितोला १ हजार ९२५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
प्रतिक्रिया
Facebook Comment