बदला लिनका लागि १ सय १० जनाको छानीछानी हत्या

डिसी नेपाल
२५ मंसिर २०८१ १४:२९

काठमाडौं । क्यारेबियन टापु देश हाइटीमा बोक्सीको आशंकामा सयभन्दा बढीको हत्या गरेको घटना सार्वजनिक भएको छ । नेशनल ह्युमन राइट्स डिफेन्स नेटवर्कले बताएअनुसार हाइटीको साइट सोलेल बस्तीमा सप्ताहन्तमा करिब ११० जनाको हत्या भएको छ।

एक गुण्डानाइकेलाई आफ्नो बच्चालाई बोक्सीको माध्यमबाट बिरामी बनाउने मानिसहरी ती वृद्धहरू हुन् भन्ने शंका लागेपछि ती गुण्डानाइकेले वृद्धहरूलाई लक्षित गरेर छानीछानी हत्या गरेका हुन् । मोनेल “मिकानो” फेलिक्स नामका गुण्डानाइकेले आफ्नो भिव अन्सनम नामको आपराधिक समूहका सदस्यहरूसँग मिलेर यो नरसंहार गरेका थिए ।

आरएनडीडीएचका अनुसार फेलिक्सको बच्चा बिरामी भएपछि उनले वूडू पादरीसँग सल्लाह मागेका थिए । ती पादरीले त्यही क्षेत्रका वृद्धहरूले बोक्सीविद्या मार्फत बच्चालाई हानि पुर्‍याएको आरोप लगाए। यसपछि फेलिक्सले आफ्ना गुण्डाहरूलाई नरसंहारको आदेश दिए।

उक्त गिरोहका सदस्यहरूले शुक्रबार ६० जना र शनिबार ५० जनाको चक्कु र छुरा प्रहार गरी हत्या गरेका थिए । हत्या गरिएकाहरू सबै ६० वर्षभन्दा माथिका थिए । घटना भएको क्षेत्र राजधानी पोर्ट-ओ-प्रिन्सको बन्दरगाह नजिकैको घना जनसंख्या भएको बस्ती हो । यो हाइटीको सबैभन्दा गरीब र सबैभन्दा हिंसात्मक क्षेत्रहरू मध्ये एक हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *