बोसिस्टोले ६ विकेट लिएपछि पोखरा १०३ रनमै अलआउट

काठमाडौं । अलराउण्डर विलियम बोसिस्टोले सनसनीपूर्ण प्रदर्शन गर्दै एक्लै ६ विकेट लिएपछि पोखरा एभेन्जर्स एनपीएनमा कर्णालीविरुद्ध १०३ रनमै समेटिएको छ ।
टस जितेर पहिले ब्याटिङ गरेको पोखराले १६.३ ओभरमा १ सय ३ रन बनाउँदा अल आउट भएको हो । बलियो सुरुवात गरेको भए पनि विकेट जोगाउन नसक्दा पोखरा एनपीएलको यस सिजनमा पहिलो इनिङको सबैभन्दा कम स्कोरमा सीमित भएको हो ।
पोखराका लागि दिनेश खरेलले २६ रन जोडे । आन्द्रेस गौसले २५ रन जोडे । रेमन रेफरले २०, कुशल भुर्तेल १ बिपिन खत्रीले समान १० रन बनाए । अरू कुनै खेलाडीले दोहोरो अंक स्कोर गर्न सकेनन् । कर्णालीका लागि बिसिस्टोले ६ विकेट लिँदा युनिस ठकुरी, बिपिन शर्मा र सोमपाल कामीले १-१ विकेट लिए ।
प्रतिक्रिया
Facebook Comment