एनपीएलः दोस्रो खेलमा काठमाडौं र लुम्बिनीका बिचमा प्रतिस्पर्धा

डिसी नेपाल
२६ मंसिर २०८१ ८:११

काठमाडौं, २६ मंसिर। आज नेपाल प्रिमियर लिग (एनपीएल) को अठारौं र उन्नाइसौं खेल हुदैँछ । आजको दोस्रो खेलमा काठमाडौं गोर्खाज भर्सेस लुम्बिनी लायन्सका बिचमा प्रतिस्पर्धा हुदैँछ ।

त्रिभुवन विश्वबिधालय, किर्तिपुरस्थित खेल मैदानमा दुवै टोली पहिलो पटक आमुने सामुने हुदैँछन् । सो खेल दिउँसो १ः०० बजेवाट सुरू हुनेछ ।आज हुने पहिलो खेलमा काठमाडौंवाट करण केसी ले नेतृत्व गर्नेछन भने लुम्बिनीवाट रोहितकुमार पौडेलले नेतृत्व गर्नेछन्।

एनपीएल अघिल्लो शुक्रवारवाट सुरू भएको थियो । एनपीएलको विजेता टोलीले १ करोड ११ लाख रुपैयाँ पाउने भएको छ । एनपीएलको उद्घाटन कार्यक्रममा विजेता टोलीले १ करोड ११ लाख रुपैयाँ पाउनेछन् भने प्रतियोगिताको उपविजेताले ५० लाख, तेस्रो हुने टिमले ३० लाख र चौथो हुने टिमले २० लाख रुपैयाँ पाउने आयोजकले जनाएको छ।

काठमाडौं गुर्खाज

करण केसी – मार्की, शाहब आलम, भीम सार्की, रसिद खान, शंकर राना, दिपेशप्रसाद कँडेल, सुमित महर्जन, कृष्ण कार्की, विवेक केसी, प्रतीक श्रेष्ठ, राजु रिजाल, नेथन सोउटर (इंग्ल्यान्ड), स्टेफन इस्किनाजी (इंग्ल्यान्ड), ड्यान डौथवेट (इंग्ल्यान्ड), माइकल लेभिट (नेदरल्यान्ड्स), जेहार्ड एरासमस (नामिबिया), कृष कार्की (आइकोनिक)।

लुम्बिनी लायन्स

रोहित कुमार पौडेल– मार्की, सूर्य तामाङ, विवेक यादव, सन्दीप जोरा, आशुतोष घिरैया, तिलकराज भण्डारी, दुर्गेश गुप्ता, अर्जुन साउद, दिनेश अधिकारी, अभिषेश गौतम, विकाश अग्री, बेन कटिङ (अस्ट्रेलिया), उन्मुक्त चन्द (अमेरिका), टम मूर्स (इंग्ल्यान्ड), रेमन सिमन्ड्स (वेस्ट इन्डिज), शाद बिन जफर (क्यानडा), आरिफ शान (आइकोनिक)।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *