संघीय संसदका तीनवटा समितिको बैठक बस्दैँ

डिसी नेपाल
२६ मंसिर २०८१ ८:१३

काठमाडौं, २६ मंसीर । संघीय संसदका तीनवटा समितिको बैठक बस्दैँछ । आज बस्ने शिक्षा, राज्य ब्यवस्था र अर्थ समितिको बैठक बस्दैँछ ।

संसद सचिवालयका अनुसार शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक विद्यालय शिक्षा विधेयक, २०८० का सम्बन्धमा विज्ञहरुसँग छलफल गर्नेछ । बिहान ११ः०० बजे बस्नेछ ।

राज्य व्यवस्था तथा सुशासन समितिका बैठकमा सङ्‍घीय निजामती सेवाको गठन, सञ्‍चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक उपर संशोधन प्रस्तावकर्तासँग छलफल हुनेछ । सो बैठक दिनको २ः०० बजे बस्नेछ ।

अर्थ समितिको बैठकमा समितिमा प्राप्‍त बिधेयकहरु माथिको कार्यवाहीको लागि प्राथमिकता र कार्ययोजना सम्बन्धमा माननीय अर्थमन्त्री समेतको उपस्थितिमा छलफल हुने संसद सचिवालयले जनाएको छ ।

जुन बैठकमा मुलुकको समग्र आर्थिक प्रणालीमा राजस्व संकलनको अवस्था र भन्सार कार्यालयहरुले व्यहोर्नु परेका नितिगत एवं व्यवहारिक समस्या र समाधानका उपाय सम्बन्धमा छलफल हुनेछ । सो बिहान ११ः०० बजे बस्नेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *