दक्षिण कोरियाको राष्ट्रपति कार्यालयमा प्रहरीको छापा

डिसी नेपाल
२६ मंसिर २०८१ १०:२६

काठमाडौं । दक्षिण कोरियाली प्रहरीले राष्ट्रपति युन सुक–योलको कार्यालय र प्रहरी मुख्यालयमा बुधबार छापा मारेको छ । दक्षिण कोरियाको योनहाप समाचार संस्थाले यो जानकारी दिएको छ ।

सियोल महानगरीय प्रहरी र राष्ट्रिय सभा प्रहरी गार्डको कार्यालयमा पनि छापा मारिएको प्रहरीले जनाएको छ । यो प्रहरी कारबाही राष्ट्रपति युन सुक-योलले मार्शल ल लागू गरेपछि भइरहेको अनुसन्धानको एक हिस्सा हो।

योनहापको रिपोर्टका अनुसार छापा मार्दा राष्ट्रपति युन आफ्नो कार्यालयमा थिएनन्। गत हप्ता मंगलबार र बुधबारको बीचमा, दक्षिण कोरियाली राष्ट्रपति युन सुक-योलले देशमा मार्शल ल लागू गरे।

तर, चर्को विरोधपछि उनले ६ घण्टामै आफ्नो निर्णय फिर्ता लिएका थिए । युनको यो कदमपछि दक्षिण कोरियामा उनको ठूलो विरोध भइरहेको छ र उनीविरुद्ध अनुसन्धान भइरहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *