५५ वर्षीया वृद्धबाट १२ वर्षीया बालिका बलात्कृत

डिसी नेपाल
२६ मंसिर २०८१ १३:०५

काठमाडौं । झापामा १२ वर्षीया बालिकालाई करणी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

१२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा मेचीनगर नगरपालिका–१० स्थित शान्ति टोलका ५५ वर्षीय पदम श्रेष्ठलाई गए राति पक्राउ गरिएको प्रहरीले जनाएको छ।

बालिकालाई ललाइफकाइ जबरजस्ती करणी गरेको उजुरीको आधारमा इलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *