मार्क्सवाद भित्रका काल्पनिक कुराहरु
मार्क्सवाद वर्गीय दृष्टिकोणबाट लेखिएको जीवन र जगतलाई हेर्ने हेराई वा दृष्टिकोण हो। यसलाई सर्बहारा बर्गको दर्शन पनि भनिन्छ। यसमा द्वन्द्वात्मक र ऐतिहासिक भौतिकवादको जुन व्याख्या गरिएको छ त्यो अपरिवर्तनीय छ।
यसको सत्यता सबैतिर लागू हुन्छ र जुनसुकै कालमा पनि लागू भैरहने देखिन्छ। सकारात्मक नकरात्मक, ऋणात्मक धनात्मक, हरेक बस्तु तथा घटना भित्रको ध्रुव सत्य नियम हो। कालोको अस्तित्व भएकाले नै सेतोको अस्थित्व भएको हो।
तल भन्ने भएकाले नै माथि पनि भएको हो। यसरी हरेक बस्तु र घटनामा दुई बिपरित कुराहरु एकैसाथ अस्थित्वमा रहन्छन्। एउटाको अस्थित्व बिना अर्कोको अस्थित्व पनि रहँदैन। यही नै द्वन्द्वात्मकता हो। द्वन्द्ववाद यसैमा निहीत छ।
द्वन्द्वात्मकता नै पदार्थको स्वत्व हो, यसैको कारणले यो अस्थित्वमा छ। यसो भयतापनि माक्र्सवाद भित्र केही यस्ता काल्पनिक र यथार्थ भन्दा बाहिरका कुराहरु पनि रहेछन्, त्यसको चर्चा यहाँ गरिन्छ।
कार्लमार्क्सले सर्बहाराबर्गको अधिनायकत्वको कुुा गर्नुभयो एकातिर भने अर्कातिर कुनै समय यस्तो दिन आउनेछ समाज साम्यबाद सम्म पुग्नेछ। त्यस बखत राज्यको अस्थित्व पनि लोप हुनेछ। आर्मी पुलिसको पनि कुनै आवश्यकता पर्ने छैन भन्नुभयो।
मार्क्सको यो भनाइमा गहिरिएर बिचार गर्दा सर्बहारा बर्ग यस्तो बर्ग हो जसले शोषण प्रधान सबै अवस्थालाई समाप्त गर्नेछ। उहाँको भनाइ अनुसार यही बर्गको नेतृत्वमा समाजमा समानता र शान्ति कायम हुनेछ।
संसारभर यही अवस्था सृजना हुँदा कहीँ गडबडी हुनेछैन। यसकारण सेना र प्रहरीको किन आवश्यक पर्यो? राज्यको सीमाको आवश्यकता पनि लोप हुने नै भयो। तर यो सवाल एउटा परिकल्पनामा सीमित रहेको भन्ने देखियो।
पूर्बी युरोप र सोेभियतसंंघमा सर्बहाराको सत्ताको नाममा स्थापना भएका सत्ताहरु सन १९८० को दसकमा एकपछि अर्को गरी धमाधम ढले। यसको कारण ठूलो क्रान्ति पछि सत्तामा पुगेका सर्बहारा बर्गको नेताहरुमा शासन गर्ने क्रममा शासन सत्ता कहिल्यै छोड्न नमान्ने सत्ता लोलुपता देखियो।
माथि पुगेपछि तलका जनताको वास्तविक आवश्यकता के हो? त्यो पनि बिर्सँदै गएको पाइयो। सोभियत संघमा त जनता पाउरोटीको लागि घन्टौं लाइनमा बस्नुपर्ने अवस्था सृजना भयो। जनताका आवश्यकताका उत्पादनहरु राज्यले गर्न छोड्यो।
त्यतिखेर सबै प्रकारका उद्योगहरु राज्यको स्वामित्वमा हुन्थ्यो। राज्यले ठूलठुला अस्त्रशस्त्र निर्माण गर्ने उद्योगहरुलाई मात्र प्राथमिकता दिन थालेको थियो। किनकि अमेरिकासँगको भिषण द्वन्द्व र युद्धमा सोभियतसंंघ फसेको थियो। सत्ताधारीहरुको आवश्यकता त्यही थियो। जनताको आवश्यकता कसरी भोक मेटाउने भन्ने थियो।
नेताका आवश्यकता र जनताका आवश्यकतामा त्यहाँ द्वन्द्वउत्पन्न भयो। पूर्वी युरोपका कतिपय देशहरुमा सत्तासिनहरु ऐयासी जीवन बिताउन थालेका थिए। जनताका आबश्यकताहरुको अवमूल्यन भएको थियो। जसको कारण जनताहरु बिद्रोही बनेका थिए। रुमानियाका चाउचेस्कुलाई त जनताले झुण्डयाएर नै मारे।
माथिका कुराहरुवाट के बुझिन्छ भने माक्र्सले भनेजस्तो सर्बहारा बर्ग त्यो अपरिवर्तनिय बर्ग हैन। सत्तामा पुगेपछि त्यो पनि स्वार्थी बन्न सक्छ र जनताको आवश्यकतहरुमा उनीहरुको पनि ध्यान नपुग्न सक्छ। उनीहरुको वर्गीय स्वरुप त्यहाँ पुगेपछि समय क्रममा परिवर्तन हुनसक्छ।
संंसारका सबै मानिस मार्स्क जस्ता, माओ जस्ता होचिमिन्ह र चेकोइभारा जस्ता पनि हुँदैनन्। यसकारण संंसारमा सर्बहाराको भनिएको सत्ता एकपछि अर्को गरी ढल्दै गए।
सर्वसाधारण जनता अह्राएको गर्ने र दिएको खाने अवस्थामा पुगे। आफ्नो पहलकदमीमा केही गर्नु नपर्ने भयो। एक किसिमले बोइलर कुखुराको जस्तो जिन्दगी भयो। दिमागले केही सोच्नै नपर्ने भयो।
यसबाट जनताका सोच्ने शक्ति र दिमाग नै राज्यको कैदमा पर्यो। वाक्कलाग्दो भैरहेकै थियो। जनताको आवश्यकतामा पनि सत्तासिनहरुको ध्यान नपुगेपछि बिद्रोह हुनु स्वभाबिक नै भयो। यसबाट सिक्नुपर्ने पाठ के हो भने राज्य नियन्त्रित अर्थतन्त्रले समस्याहरुको सामाधान गर्दैन।
साम्यबादसम्म पुग्ने बाटो पनि यो होइन भन्ने प्रमाणित भयो। समुदाय नियन्त्रित र समूह नियन्त्रित अर्थतन्त्रको बाटोमा जानसक्दा बरु केही सम्भव हुन सक्छ। केही समूहका उदाहरण जस्तै कृषक समूह, मजदुर समूह, व्यापारिक समूह आदि।
यस्ता सबै समूह समूदायको मातहत ल्याइनुपर्दछ। किनकी समूदाय भनेको हाम्रो प्राचिन संंगठन हो। समुदायको निम्ति गर्ने काममा व्यक्ति आफैं लागिपर्ने हुन्छ।
अवस्था परिस्थिति हेरेर केही उद्योगहरु निजी र राज्य नियन्त्रित पनि हुन सक्छन्। तर सबै उत्पादनका साधनहरु राज्य नियन्त्रित हुँदा सत्ताधारी सबै मालिक जस्ता र सर्बसाधारण सबै नोकर जस्ता भए।
शासक र शासित बर्गको उदय भयो। उत्पादनका साधनहरुको राष्ट्रियकरण गरेपछि यसमा समाजको स्वामित्व रहन्छ भन्ने भ्रम त्यस बेला थियो। तर यसो भएन बरु सबै उद्ययोगहरु र अर्थतन्त्र राज्यको स्वामित्वमा गएपछि जनता नांगा भए। जसबाट एउटा बर्गीय द्वन्द्वको स्थिति फेरि पनि देखियो। शोषक बर्ग र शोसित बर्गको पुनरोदय भयो।
अर्को कुरा हामीले अध्ययन गर्नुपर्ने बिषय मानव स्वभाव पनि हो। एउटा बच्चा जन्मिने बित्तिकै देखि दुध पाउन र खानको लागि उ रुन्छ। ठूलो भएपछि उसका स्वार्थहरु अझै बढ्छन। कमाउने भएपछि उसलाई धनले कहिल्यै पुग्दैन।
ऐयासी जीवन आनन्द पाएमा उसलाई जति आनन्द र मोजमस्तीले पनि पुग्दैन। त्यस्तो वाताबरण मात्र पाउनुपर्यो। मानव स्वभावलाई ख्याल गरेको पाइएन। मार्स्कले पनि सर्बहारा बर्ग भनेका सबै आफैं जस्ता मात्र हुन्छन् भन्ने सोचाई राखेको अनुभुति भयो।
सर्बहारा बर्ग भनेको सबै अवसरबाट बन्चित बर्ग हो। उ निस्वार्थी त हुन्छ नै तर अवसर पाउँदा पनि निस्वार्थ बनिरहन्छ भन्ने हैन। त्यो कुनै निश्चित समयसम्म हुन सक्ला। आदर्शमूल्य मान्यताहरुलाई आत्मसात गरुन्जेल हुन सक्ला तर सधै यो अवस्था रहिरहदैन।
मार्क्सवाद के हो ?
मार्क्सवाद श्रम, संम्पत्ति र सत्ताको सन्तुलनको सिद्धान्त हो। श्रम गर्नेको स्वामित्वमा सम्पत्ति या उत्पादनका साधनहरु हुनुपर्यो। यस्तो सम्पत्तिको सुरक्षा राज्यले गनुपर्यो। यसो भयको खण्डमा राज्यमा शान्ति र स्थिरता कायम हुन सक्छ। यो जायज र न्यायोचित पनि छ।
जब सन्तुलन बिग्रन्छ तव अशान्तिले जन्म लिने कुरा स्वभाविक हो। राज्य नियन्त्रित अर्थतन्त्र र सर्बहाराको अधिनायकत्व भनिय पनि यस्तो सन्तुलन हुन नसकेको कुरा इतिहासले पुष्टि गरिसकेको छ। यसैले नियम कानून र नीति प्रधान समाज कसरी बनाउन सकिन्छ त्यतातिर ध्यान दिनुपर्यो।
नेताको वरिपरि घुम्ने नभै नीतिको वरिपरि नेता लगाएत सबै फनफनी घुम्ने अवस्था बन्नुपर्यो। जसरी सूर्यको वरिपरी ग्रहहरु घुम्छन। त्यसमा घुम्न मन लागेर घुमेको हैन। नत घुम्नैपर्छ भनेर सूर्यले करबल गरेको छ। गुरुत्वाकर्षण बलको नियम अनुसार यी सबै घुमिरहेका हुन्छन्। नीतिनियम मान्ने कुरामा सबै जबरजस्त स्वबाध्यकारी अनुबन्ध हुनुपर्यो।
पूँजीवादको दार्शनिक आधार
व्यबहारमा के देखिन्छ भने पूँजीवादको जग नै बिज्ञान हो। जब बेलायतमा १८ औं शताब्दीको मध्यबाट औध्योगिक क्रान्ति शुरुभयो तव पूँजीवादको पनि उदय भएको देखिन्छ।
हाते चर्खा र हाते तानहरुलाई बिस्थापित गर्दै जव पावर लुुमहरुको आबिष्कार र बिकास भयो तव धेरै भन्दा धेरै मालहरुको उत्पादन हुन थाल्यो। ती उत्पादित मालहरुले स्वदेशको बजार ढाकेर पनि बिदेशमा बजार खोज्नुपर्ने भयो। यसैको परिणाम स्वरुप उपनिवेसहरु कायम भयो।
जसबाट औद्योगिक देशहरुको टकराव बिश्वका बिभिन्न बजारमा हुनथाल्यो। फलस्वरुप पूँजीवादले साम्राज्यवादको रुप धारण गर्यो। तर आधुनिक जवानामा पूँजीवादी देशहरुले पनि आपसमा मिलेर मात्र बढ्ता नाफा कमाउन सकिन्छ।
जसबाट प्रतिसप्रदावाट हुने ह्रासबाट आफूलाई बचाउन सकिन्छ भन्ने बुझेका छन्। यसैले पूँजीवादीहरु अहिले सिण्डिकेट, कार्टेल र निगमको माध्यमबाट संसारभर संगठित भएका छन्। आपसमा मेलमिलापपूर्ण नीति लिइरहेका छन्।
अझ उनीहरु यो भन्दा अगाडि बढेर बिज्ञान र प्रबिधिलाई पनि प्रयोग गरिरहेका छन्। प्रबिधिको प्रयोगले मजदुरको आवश्यकता सिद्धिएको छ। जसबाट अतिरिक्त मूल्य र नाफामा इतिहासमा अहिलेसम्म नभएको बढोत्तरी भएको छ।
यसरी बिज्ञान र प्रबिधिलाई प्रयोग गर्नु भनेको भौतिकवादलाई आत्मसात गर्नु हो। अथवा पूँजीवाद नाफा हुने भएपछि जुनसुकै वाद प्रयोग गर्न पछि परिरहेको छैन।
संसारमा मार्स्कवादीहरूले नास्तिकताको जतिसुकै प्रचार गरेपनि जनतामा धर्म र देवत्वप्रतिको आस्था नामेट हुन सकेको देखिँदैन। जुन कुरामा फाइा छैन त्यसमा बढी जोड दिनुको औचित्य पनि देखिँदैन।
समाज रुपान्तरणको कारक के हो ?
मानवमा भएको असीमित इच्छा र आवश्यकता नै समाज बिकासको कारक हो। मानवीय इच्छाहरु अनन्त हुन्छन्। यसले आवश्यकताको बढोत्तरी गर्छ। यसैको पूर्ती गर्ने क्रममा नयाँ नयाँ आवश्यकताहरु थपिँदै जान्छन्।
समाज असभ्यबाट सभ्य बन्दै जानु, समाजको स्तरीकरण हुनु यसैको कारण हो। संंसारमा भएका आजसम्मको आबिस्कारहरु यसैको प्रतिफल हुन्। माक्र्सले भन्नुभएको समाज बिकासको क्रम वा ऐतिहासिक भौतिकवादको कारक पनि यही हो।
मानव जंंगली अवस्थाबाट, खेतीपातीको युगमा प्रबेश गर्नु, अनि दास, व्यबस्था, सामन्तवादी व्यबस्था, पूँजीवादी युग र आजको भूमण्लिकृत पूँजीबाद सम्म आइपुग्नुको रहस्य नै यसैभित्र बिद्यमान छ।
Facebook Comment